कालीकोटमा जलेर घाइते बाबु–छोरीको उपचारका क्रममा मृत्यु

कालीकोटमा जलेर घाइते बाबु–छोरीको उपचारका क्रममा मृत्यु

mrita fela

कालीकोट । कालीकोटमा आगोमा जलेर घाइते बाबु छोरीको उपचारका क्रममा मृत्यु भएको छ ।

खाँडाचक्र नगरपालिका–५ दाम्रीको नवदुर्गा सामुदायीक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते सोही ठाउँका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको हो ।

यही चैत २ गते बाख्रा चराउन गएको बेला गाउँ नजिकैको सामुदायीक वनमा लागेको डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए ।

उनीहरुलाई उपचारको लागि गत शनिबार साँझ हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पतालमा सुर्खेत ल्याइएको थियो ।

यसअघि सोमबार दिउँसो छोरीको र बुवाको बुधबार बेलुका उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका अफिस सेक्रेटरी दिपक गिरीले जानकारी दिए ।

जलेर गम्भीर घाइते भएका नन्दरामको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds