संसारकै धेरै वायु प्रदूषण भएको देशमा नेपाल आठौँ नम्बरमा

संसारकै धेरै वायु प्रदूषण भएको देशमा नेपाल आठौँ नम्बरमा

mausam

पोखरा । विश्वका उच्च वायु प्रदूषण हुने देशहरूमध्ये नेपाल आठौँ नम्बरमा परेको छ । स्विट्जरल्यान्डमा रहेको ‘आईक्यू एअर’ नामको संस्थाले सार्वजनिक गरेको विश्व वायु गुणस्तर प्रतिवेदन २०२३ अनुसार नेपाल आठौँ नम्बरमा परेको हो ।

‘आईक्यू एअर’ ले विश्वका एक सय ३४ वटा देशको हावाको गुणस्तर अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो । गएको वर्ष सार्वजनिक भएको प्रतिवेदनमा नेपाल १६ औँ नम्बरमा थियो । सन् २०२३ मा नेपालको हावामा आँखाले नदेखिने धुलोको कण औसतमा ४२ दशमलव ४ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ ।

यस्तो मात्रा सन् २०२२ मा ४० दशमलव १ माइक्रोग्राम प्रतिघनमिटर थियो । प्रतिवेदनअनुसार एक वर्षमा नेपालको वायु प्रदूषण अझै खराब भएको हो । विश्व स्वास्थ्य सङ्गठनले हावामा आँखाले नदेखिने धुल कणको मात्रा वार्षिक औसत पाँच माइक्रोग्राम घनमिटरभन्दा बढी हुन नहुने मापदण्ड तय गरेको छ । जसअनुसार नेपालको हावा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा झन्डै साढे आठ गुणा बढी प्रदूषित देखिएको छ ।

संसारकै सबैभन्दा प्रदूषित देशको पहिलो सूचीमा बङ्गलादेश परेको छ । धेरै वायु प्रदूषण हुने देशको सूचीमा दोस्रो स्थानमा पाकिस्तान, तेस्रोमा भारत, चौथोमा ताजकिस्तान र पाँचौँमा बुर्किना फासो रहेका छन् । यस्तै सन् २०२३ मा फ्रेन्च पोलिनेसिया सबैभन्दा स्वच्छ भएको देश बनेको छ । मरिसस, आइसल्यान्ड, ग्रेनडा, बर्मुडा, न्युजिल्यान्ड सबैभन्दा स्वच्छ हावा भएको देश बनेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds