बागलुङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो, २५ यात्रु घाइते

बागलुङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो, २५ यात्रु घाइते

Nisikhola Bus Durghatana 1

बागलुङमा सोमबार साँझ यात्रु बस दुर्घटना हुँदा ३ महिनाकी नाबालिका सहित ८ जनाको ज्यान गुमेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बसमा सवार अन्य २५ यात्रु घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस मध्यपहाडी लोकमार्गमा दुर्घटनाग्रस्त भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार को निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा रात्रि बस दुर्घटना दुर्घटना भएको हो ।

घाइते मध्ये स्थानीय स्वास्थ्य चौकीमा १८ जनाको उपचार भइरहेको छ । ७ जनलाई धौलागिरी अस्पताल बागलुङ ल्याइएको उनले जानकारी दिए ।

बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds