पोखरा महानगरपालिका काहुँडाँडामा भीषण डढेलो लागेको छ । फूलबारी मणिपाल शिक्षण अस्पतालदेखि माथिको स्थित जंगलमा आगलागी भएको हो ।
वडा नं. ११ का अध्यक्ष प्रेम कर्माचार्यका अनुसार डढेलो नियन्त्रणका लागि दमकल पुगेको भएपनि बाटोका कारणले समस्या भएको छ । राति साढे ८ बजेतिर डढेलो भिषण रुपमा फैलिएको हो ।

जंगलको आगो नियन्त्रणका लागि दमकल प्रयोग गर्न नसकिएपनि बस्ती जोगाउनका लागि अग्निरेखा तयार पार्ने र बस्ती वरपर दमकलबाट पानी हाल्ने काम भइरहेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेले भने, ‘अहिले राति जंगलमा केही गर्ने अवस्था रहेन । बस्ती जोगाउने कामलाई प्राथिमकतामा राखेर तीन वटै सुरक्षा निकायबाट प्रयास भइरहेको छ ।’
काहुँडाडाको ठूलो क्षेत्रमा फैलिएको आगलागी के कारणबाट भएको हो भन्ने पुष्टि भएको छैन । उक्त क्षेत्र वरपर शनिबार र आइतबार पनि आगलागी भएको थियो । अघिल्ला दिनमा भएका आगलागी नियन्त्रणमा आएपनि आज ठूलो आगलागी भएको स्थानीयले बताएका छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली त्यस स्थानमा पुगी जोखिममा रहेका घरहरु बचाउने प्रयासमा छन् । आगो निकै भीषण भएकाले नियन्त्रण लिन कठिन भइरहेको छ ।

आगो नियन्त्रणका सुरक्षाकर्मीसहित स्थानीयको टोली निरन्तर खटिरहेको छ । आगलागीबाट भएको जनधनको क्षतिबारे विस्तृत विवरण प्राप्त भैसकेको छैन ।

तस्वीरः असिम पौडेल, दीपेन्द्र श्रेष्ठ
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने