काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार महरालाई सोमबार बिहान भैरहवाबाट पक्राउ गरिएको हो।
उनी रुपन्देही हुँदै रोल्पा जान लागेका थिए। सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। ‘हामीलाई माथिबाट निगरानी गर्ने भन्ने आदेश थियो। त्यही अनुसार हामीले केही दिनयता निगरानी बढाएका थियौं। निर्देशनअनुसार रुपन्देही आएका महरालाई सीआईबीको सम्पर्कमा जानुस् भनेर भनेका थियौं। उहाँ रोल्पाको कार्यक्रम छाडेर काठमाडौं फर्कनु भएको हो,’ प्रहरी उच्च स्रोतले भन्यो, ‘हामीले नियन्त्रणमा राखेका होइनौं। तर, काठमाडौं पुगेपछि उहाँको फिजिकल एरेस्ट हुन सक्छ। गौतमबुद्ध विमानस्थलबाट यति एयरलाइन्सको वाई टी-८९२ नम्बरको फ्लाइटबाट उहाँ १०:२७ बजे काठमाडौं फर्किनु भएको हो।’
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ९ जना चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारस गरेको थियो। आयोगले पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष महरासहित १२ जनालाई कारबाही सिफारिस गरिएको हो।
आयोगले बुझाएको प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए। त्यसपश्चात मन्त्रिपरिषद्को बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। सोही अनुसार गृहमन्त्री लामिछानेले मातहतका सुरक्षा निकायलाई पक्राउ गर्न निर्देशन दिएका थिए।
गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो।
एउटै घटनामा छोरा राहुल पक्राउ परेको झन्डै ७ महिनापछि माओवादी नेता महरा पक्राउ परेका हुन्। बाबाछोरा नै हिरासतमा पुगेकाे नमिठो संयोग यसअघि तत्कालीन माओवादीकै नेता टोपबहादुर रायमाझीको पनि छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसँगै उनका छोरा सन्दीप रायमाझी पनि पक्राउ परेका थिए । टाेपबहादुर हिरासतमा छन् भने छाेरा सन्दीप भने धराैटीमा छुटेका थिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते