‘सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्छ’- गगन थापा

‘सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्छ’- गगन थापा

कांग्रेस सांसद शाहीले मागे गृहमन्त्री लामिछानेको राजीनामा

Gagan Thapa

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभए पनि गृहमन्त्री लामिछानेले एक करोड रुपैयाँ गैरकानुनी रूपमा लिएको भन्दै यो प्रकरणमा छानबिन हुनुपर्ने बताएका हुन् ।

उनले लामिछानेले आफूले पैसा लिएको छैन र आफू सहकारीको सदस्य होइन भनेको भरमा उन्मुक्ति पाए अर्बौं रुपैयाँ ठग्ने अरु सय जनाले पनि उन्मुक्ति पाउने बताए ।

गृहमन्त्री लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुन्धान नगर्ने हो भने अन्य धेरै सहकारीलाई पनि छोड्नुपर्ने हुने भएकाले सबैलाई छानबिन गर्नुपर्ने उनको माग छ । उनले गृहमन्त्री लामिछानेमाथि प्रहरीले अनुसन्धान गर्ने कुरामा आशंका पनि व्यक्त गरे । उनले यो प्रकरणका सम्बन्धमा प्रहरीको जवाफको माग गरे ।

सांसद थापाले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरणलगायतका देखा परेका सबै प्रकारका भ्रष्टाचारका घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेस सांसद शाहीले मागे गृहमन्त्री लामिछानेको राजीनामा 

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शाहीले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग गरेका हुन् ।

‘गृहमन्त्रीज्यूले नियमविपरीत सहकारीबाट रकम लिएको भनेर प्रहरीमा उजुरी परेको छ । तर, सहकारी ठगीको अनुसन्धान गर्ने तालुक मन्त्रालय आफैँले सम्हालेको आरोप छ । पीडकलाई कारबाही गर्न गृहमन्त्रीज्यूले राजीनामा दिएर सहयोग गर्नुपर्छ,’ उनले भने ।

सांसद शाहीले कांग्रेसलाई पढाउँदा दोहोरो नागरिकता र पासपोर्टबारे नपढाउन गृहमन्त्री लामिछानेलाई आग्रह गरे । ‘दोहोरो नागरिकता र पासपोर्ट,  सहकारी ठग्न, सुन तस्करसँग साँठगाँठ गर्न नसिकाउनुहोला । माओवादी सुन पार्टी बन्दै छरे । अर्थमन्त्री वर्षमान पुन सुन तस्करीसँग जोडिनुभाको छरे,’ उनले भने ।

सांसद शाहीले सुन तस्करी र सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनलाई जवाफ दिनुपर्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ