बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

tiger

बाँके । बाँकेमा बाघले आक्रमण गर्दा एक वृद्धको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको ढकेरीबाट तीन किलोमिटर पश्चिमतर्फको जंगलमा सल्यानको दार्मा गाउँपालिका–१ का ७१ वर्षीय नगेन्द्रप्रसाद शर्माको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान साढे ५ बजेतिर मर्निङवाकमा रहेका शर्मालाई ढकेरीको जंगलमा बाघले आक्रमण गरेको थियो ।

सल्यानको दार्मा घर भएका शर्मा ढकेरीमा आफन्तकोमा बस्दै आएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ