आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

badali_mausam_ktm

पोखरा । देशका केही स्थानमा आज आइतबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

अहिले बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटफुट वर्षा भइरहेको छ ।

यस्तै, आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रहने छ ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds