पोखरालाई भोलि (आइतबार) पर्यटनको राजधानी घोषणा गरिँदैछ । यससंगै पोखरा चौबिसै घण्टा खुल्ला रहने सन्देश पनि दिइँदैछ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार शनिबार बिहान सरोकारवाला सहित बसेको जिल्ला सुरक्षा समितिको बैठकले पोखरा चौबिसै घण्टा खुल्ला गर्ने निर्णय गरेको हो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीका अनुसार निश्चित मापदण्ड पूरा गरेका मुख्य सहरी क्षेत्रलाई अहिले खुल्ला गरिने र त्यसपछि सिंगो पोखरालाई नै २४ सै घण्टा खुला गर्दैजाने निर्णय भएको छ ।
सुरुमा महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक नागढुंगाहुँदै मुस्ताङचोक, राष्ट्रबैंकचोक, ड्यामसाइड, लेकसाइड हुँदै हल्लनचोकसम्म २४ सै घण्टा खुल्ला राख्ने निर्णय भएको छ । खुल्ला हुने क्षेत्रका व्यवसायी मापदण्ड भने पूरा गर्नुपर्ने शर्त राखिएको छ ।
पर्यटकीय राजधानी घोषणा कार्यक्रमसंगै मापदण्ड सार्वजनिक गरिनेछ । मापदण्ड पूरा गरेका व्यवसायिक फर्म २४ घण्टा सञ्चालन गर्दा चहिने बाह्य सम्पूर्ण सुरक्षा प्रबन्ध प्रशासनले नै गर्ने उनले बताए ।
पोखरा २४ सै घण्टा उज्यालो र खुल्ला रहेको सन्देशले सिंगो गण्डकी प्रदेशको अर्थतन्त्र चलायमान हुने विश्वास पर्यटन तथा होटल व्यवसायीको छ ।
सम्बन्धित खबर
निलडाम हुने गरी विद्यार्थी कुट्ने गण्डकी एकेडेमी कास्कीका शिक्षक विपिन कार्की निष्कासित
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखराको चरकमा मुटुको डबल च्याम्बर पेसमेकरको सफल शल्यक्रिया
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते