विराटनगरमा स्टाफ नर्स मृत फेला, शरीरभर धारिलो हतियारको चोट

विराटनगरमा स्टाफ नर्स मृत फेला, शरीरभर धारिलो हतियारको चोट

death body

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ ।

विराटनगर ४ मा डेरामा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको शौचालयमा शव फेला परेको हो ।

उनको धारिलो हतियार प्रहार गरेर हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको प्रहरीले जनाएको छ ।

सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन्।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds