सीआईबी प्रमुख किरण बज्राचार्यलाई विभागीय कारबाही, नयाँ प्रमुखमा श्यामलाल ज्ञवाली

सीआईबी प्रमुख किरण बज्राचार्यलाई विभागीय कारबाही, नयाँ प्रमुखमा श्यामलाल ज्ञवाली

Shyam-Kiran

काठमाडाैँ । सरकारले नेपाल प्रहरीकाे केन्द्रिय अनुसन्धान ब्यूराे सीआईबीका प्रमुख किरण बज्राचार्यलाई विभागीय कारबाही गरेकाे छ ।

मन्त्रिपरिषद् बैठकले एआईजी किरण बज्राचार्यलाई प्रहरीकाे कार्य विभागमा सरुवा गरेर थप अनुसन्धान गर्ने निर्णय गरेको हो ।

उनको ठाउँमा एआईजी श्याम ज्ञवालीलाई प्रमुख बनाइएको छ । सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको जानकारी दिइन् ।

६१ केजी सुन तस्करी प्रकरणको अनुसन्धानमा एआईजी बज्राचार्यले राजनीतिक दलका नेता र प्रहरीका उच्च अधिकारीलाई कारवाहीको दायरामा नल्याएको भन्दै सुन तस्करीबारे छानविन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले कारवाही गर्न सिफारिस गरेको छ । यसैलाई आधार बनाएर उनको सरुवा गर्न लागिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ