अध्यागमन विभागका पूर्व महानिर्देशक सहसचिव झलकराम अधिकारी विभागीय कारबाहीका लागि सिफारिसमा परेका छन् ।
सुन तस्करीको प्रकरणको छानबिन गर्न गठित उच्च्स्तरीय छानबिन आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदै अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको हो । सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि कारबाही गर्न सिफारिस गरेको हो । दावा र अधिकारीबीच वी च्याटमा नियमित कुराकानी हुने गरेको फेला परेको थियो ।
६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको छ ।
पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । छानबिन समितिले अधिकारीसहित पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी किरण बज्राचार्यलगायतमाथि पनि कारबाहीको सिफारिस गरेको छ ।
झलकराम २०७९ साल फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक थिए । त्योभन्दा अघि राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा उनी कार्यरत थिए। ठूला करदाता कार्यालयको जिम्मेवारी समेत सम्हालेका अधिकारीसँग धेरै क्षेत्रमा काम गरेको अनुभव छ।
राजश्वमा रहँदा पनि पदको दुरुपयोग गरी करोडौं असुली गरेकाे आरोप उनीमाथि लागेकाे थियाे । २०७९ असार १ गते महानिर्देशकको रूपमा नियुक्त भएका अधिकारीको कार्यकालमा छोटो समयमा फुर्तिलो टिम बनाएर देशभरिबाट करोडौं रुपैयाँ व्यापारीहरुबाट असुलेको त्यहाँका कर्मचारीहरुले नै बताउने गरेकाे थियाे ।
अधिकारीले साढे चार महिना महानिर्देशकको रूपमा राजस्व अनुसन्धान विभागको जिम्मेवारी समाल्न पाएका थिए । उनले २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म साढे चार महिना विभागको महानिर्देशककाे जिम्मेवारी सम्हालेका थिए ।
अधिकारीले पोखरा महानगरपालिका कार्यालयको प्रमुख कार्यकारी अधिकृतका रुपमा नेतृत्व पनि गरेका थिए ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ