पोखरा । वरिष्ठ कलाकार हरिवंश आचार्य र गायक एवं कलाकार प्रकाश सपुत पोखरामा पुरस्कृत भएका छन् ।
पोखरा नदिपुरस्थित प्रतिभा माविले ‘प्रतिभा विशेष व्यक्तित्व पुरस्कार’बाट हरिवंश र ‘प्रतिभा वर्ष युवा पुरस्कार’बाट प्रकाश सपुतलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत व्यक्तित्वद्वयलाई राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिभा माविका अध्यक्ष नारायणप्रसाद पौडेल, प्रबन्ध निर्देशक बलबहादुर थापा, संस्थापक प्राचार्य किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुलीलगायतले नगद एक/एक लाख राशीसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

आचार्यले हास्यव्यंग्य र अभिनयको माध्यमबाट देश र जनतालाई सुसूचित बनाउँदै नागरिकको मुहारमा हाँसो र खुशी छरेको तथा सपुतले गीत र संगीतको माध्यमबाट उत्पीडित समुदायको हित, जातिय विभेद विरुद्ध चेतना फैलाएकाले सम्मान गरिएको संस्थापक प्राचार्य सापकोटाले बताए ।

प्रतिभाले यसअघि प्राडा सुरेशराज सुरेशराज शर्मा र प्राडा अभि सुवेदीलाई प्रतिभा विशेष व्यक्तित्व सम्मान अर्पण गरिसकेको छ । यस्तै, नेपाली क्रिकेट टीमका पूर्व कप्तानद्वय ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने, भलिबलकी कप्तान अरुणा शाही, एचआईभी संक्रमित सगरमाथा आरोही गोपाल श्रेष्ठलाई पनि वर्ष युवा पुरस्कारबाट जनही १ लाखले पुरस्कृत गरिसकेको छ ।

राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यालयले प्रतिभा सम्मान अर्पण गरेर देश र जनताका लागि केहि गर्छु भन्नेहरुलाई थप हौसला प्रदान गरेको बताए । उनले नाम जस्तै काम गरेर मुलुकमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रतिभाले हरेक क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाउनसमेत शुभकामना दिए ।

सम्मानित बरिष्ठ कलाकार हरिवंश आचार्यले सम्मानले केहि गर्छु भन्नेहरुलाई काँध थाप्ने र अगाडि बढ्नका लागि उत्प्रेरणा जगाउनेहरुको कमी हुँदैन भन्ने आभाष दिलाएको बताए । उनले आफूले सम्मान ग्रहण अघि प्रतिभा विद्यालयबारे पर्याप्त जानकारी लिएको भन्दै यस विद्यालयबाट सम्मानित हुन पाउँदा खुशी लागेको बताए । यो नगद १ लाख सामाजिक कार्यमा प्रतिभाकै नाममा प्रदान गर्ने पनि उनले घोषणा गरे ।

अर्का सम्मानित कलाकार प्रकाश सपुतले सम्मानले आफूलाई थप नया कार्य गर्नका लागि जिम्मेवारी थपेको महशुष गराएको बताए । गाएर ठीक गरेछु भन्ने महसुस आजको सम्मानले दिलाएको उनको भनाई छ ।

विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलले विद्यालयले शैक्षिकसँगै अतिरिक्त क्रियाकलापलाईपनि उत्तिकै ध्यान दिएको बताए । उनले कलाकार, खेलाडी र सामाजिक अभियन्तालाई प्रोत्साहन गर्न र गरेको कामको सम्मान गर्ने संस्कृतिको विकासका लागि वर्षेनी पुरस्कार प्रदान गर्ने गरेको बताए ।
विद्यालयका निर्देशक किरण सापकोटाले प्रतिभा मावि गण्डकी प्रदेशको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित भएको बताए । २०४३ मा स्थापित प्रतिभाले युग सुहाउँदो गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण पोखराको उच्च शिक्षामा प्रमुख आकर्षणको गन्तव्य बनेको बताए ।
प्रतिभा सम्मान समारोहमा विद्यालयले १० वर्षभन्दा बढी समयदेखि सेवारत शिक्षिकाद्वय गीता उपाध्याय भुषाल र मीना पाण्डेलाई दीर्घ सेवा सम्मान गर्यो। वर्ष सर्वोत्कृष्ट शिक्षकबाट प्रविण ढुंगाना, एसईई रत्न पुरस्कारबाट विनेश तिम्सिना, प्रतिभा रत्नबाट विज्ञापन संकायतर्फका राजन पौडेल र व्यवस्थापन संकाय तर्फकी विनिता कुमारी चापागाईंलाई जनही २५ हजार नगदले पुरस्कृत गर्यो। यस्तै, ५ हजार नगदसहित होटल व्यवस्थापन समूहका सम्पूर्ण पौडेललाई पुरस्कृत गर्यो ।

उक्त अवसरमा विद्यालयमा प्लस टु सम्म अध्ययन गरी एमबीबीएस, ईञ्जिनियरिङ, सीए, होटल मेनेजमेन्ट, एग्रीकल्चर, फरेस्ट्री, आईटी लगायतका विषयमा छात्रवृत्ति पाउन सफल विद्यार्थीहरु तथा विद्यालयमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
सो अवसरमा गायक प्रकाश सपुतले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर विद्यार्थी तथा अभिभावकहरुलाई मनोरञ्जन पनि प्रदान गरे । विद्यार्थीहरुले संस्कृतिमूलक नृत्यका साथै गीतहरु पनि प्रस्तुत गरे । कार्यक्रम सञ्चालन सहप्राचार्य प्रदीप खनाल, स्वागत छात्र सुशान्त भुषालले गरेका थिए ।

विद्यार्थीले ‘यो देश मेरोपनि होईन र ?’ भन्ने गीतमा उत्कृष्ट प्रस्तुती दिएपछि गायक प्रकाश सपुतले स्टेजमै उक्लिएका थिए भने केहिबेर विद्यार्थीसँगै अभिनय र गीत गाएर हौसलासमेत प्रदान गरेका थिए ।




सबै तस्वीरहरूः अशेष शाक्य/फोटो जेनिथ
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने