राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले नवनियुक्त गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीको आरोप लागेको भन्दै सो आरोपलाई दूधको दूध, पानीको पानी गर्न चुनौती दिएका छन् ।
बिहीबार पार्टीले काठमाडौंमा आयोजना गरेको बृहत् जनप्रदर्शनपछि सम्बोधन गर्दै अध्यक्ष थापाले गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि लागेको आरोपबारे स्पष्ट पार्न आग्रह गरे । उनले सहकारी ठगीको आरोपलाई पारदर्शी र जनतालाई चित्त दिन चुनौती दिए । उनले नयाँ गृहमन्त्रीले जनतालाई कसरी सुशासनको प्रत्याभूति दिनेछन् भनेर आफूहरूले हेरिराखेको बताए ।
उनले पूर्वउपराष्ट्रपति, पूर्वसभामुख र पूर्वमन्त्रीका छोराहरू सुन तस्करीलगायतका भ्रष्टाचारका काण्डमा संलग्न रहेको भन्दै उनीहरूलाई कारबाही गर्न सक्नुहुन्छ ? भनी प्रश्नसमेत गरे । उनले ललितानिवास जग्गा प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्रीलाई कानुनको कठघरामा उभ्याउन सक्नुहुन्छ भनेर पनि प्रश्न गरे ।
उनले नेपालमा धर्म निरपेक्षता र संघीय गणतन्त्र असफल भएको उल्लेख गर्दै सरकार र पार्टीहरूको अकर्मण्यताका कारण युवाहरू विदेशिन बाध्य हुनुपरेको बताए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते