७० वर्षसम्म आफ्नो शरीरमा ‘फलामको फोक्सो’ राखेर जीवन बिताएका पल अलेक्जेन्डरको निधन भएको छ। ‘पोलियो पल’ भनेर चिनिने उनको ७८ वर्षको उमेरमा निधन भएको हो।
सन् १९४६ मा जन्मेका अलेक्जेन्डरलाई ६ वर्षको उमेरमा पोलियोका कारण पक्षघात भएको थियो। त्यसले गर्दा उनी आफ्नो टाउको, घाँटी र मुख मात्र चलाउन सक्ने भएका थिए।
त्यो समयमा अमेरिकामा पोलियोको व्यापक महामारी थियो। केटाकेटीहरूलाई फलामको फोक्सो राखेर सास फेर्न सक्ने बनाइन्थ्यो।
डाक्टरहरुले उनलाई सधैभरी फलामे फोक्सोको मेसिनमै राख्ने निर्णय गरे । इकोनोमिक टाइम्सका अनुसार अलेक्जेन्डरको प्राण धिपधिप भएपछि उनी ८ वर्षको हुँदा शरीरमा फलामको फोक्सो राखिएको थियो। फलामको उक्त फोक्सो मेसिनमा भ्यागुतोको श्वासप्रश्वास प्रविधि प्रयोग गरिएको थियो। यसले उनलाई एकपटकमा मुखभरि अक्सिजन लिएर घाँटी हुँदै फोक्सोसम्म धकेल्न मद्दत गर्थ्यो।
अलेक्जेन्डरले ७० वर्षसम्म यसैगरी जीवन बिताए। उनले घरबाटै स्कुल पढे र २१ वर्षको उमेरमा ग्र्याजुएट भए। डालास हाइ स्कुलमा भौतिक कक्षामा उपस्थित नभइ, घरबाटै पढेर ग्र्याजुएट हुने उनी पहिलो विद्यार्थी हुन्।
यति कठीन जिन्दगीले पनि पाउलको हौसला डगमगाएन । उनले मेसिनमा बन्द भएरै पढाई पूरा गरे । कानूनको पढाई पूरा गरेसँगै उनले केही समय विशेष ह्विलचेयरको सहयोगमा वकलात पनि गरे । उनले सन् २०२० मा आत्मकथा पनि लेखेका छन्। किताब लेख्नु सजिलो काम थिएन । त्यसैले त्यो किताब पूरा गर्न उनलाई ८ वर्ष लागेको थियो ।
उनी राम्रोसँग चल्न पनि सक्थेनन् । किबोर्डमा प्लास्टिकको स्टिक चलाएर उनले किताब लेखेका हुन् । उनलाई धेरैले ‘प्रेरणाका स्रोत’ मान्छन्।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो