प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गतेदेखि प्रमुख प्रतिपक्षमा गएको नेपाली कांग्रेसलाई अर्को ठूलो शक्ति नेकपा एमालेसँग मिल्न चुनौती दिएका छन्।
बुधबार विश्वासको मतका लागि डाकिएको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यसो भनेका हुन्।
‘आजको संसदमा बहस सजीव रुपमा अघि बढेको छ। तेस्रो पटक विश्वासको मत लिँदैछु गठबन्धन भत्किँदै बन्दै गरेकाले’, उनले भने, ‘पुरानो गठबन्धनलाई निन्तरता दिनु भनेको दिन काट्नु, काल पर्खिनु जस्तै भयो। प्रधानमन्त्री थिएँ तर विकास होस् कि नहोस् भनेर बस्न मिल्ने थिएन। कांग्रेससँग मिल्न नसकेपछि मैले कि पद त्याग्नुपर्थ्यो कि त नयाँ गठबन्धनमा जानुपर्थयो।’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई ठूला दल मिलेमा माओवादीको हालत के हुन्छ भन्नै बुधबारको संसद् बैठकमै कटाक्ष गरेका थिए।
‘ठूला दलहरू हामी मिल्यौँ भने तेरो हालत के हुन्छ? भनेर पहिले पनि भनियो, आज पनि भनियो’, उनले भने, ‘मेरो त कामना छ तपाईंहरू सबै मिल्नु भयो भने माओवादी प्रतिपक्षमा जान्छ। कांग्रेसका नेताहरूले त्यसो भनेर ठूला दलहरू मिल्दा माओवादी केन्द्र डराउँदैन।’
हिजो कांग्रेस र एमाले मिलेर आफूहरूको टाउको काट्न खोजेको पनि दाबी उनले गरे। ‘हिजो सबै मिलेर टाउको काट्न खोजेकै हो नि त’, उनले भने, ‘राजनीतिक रुपले हित र फाइदा हुन्छ भने गठबन्धनमा मिल्ने हो, विचार नमिले छाड्ने हो।’
उनले प्रश्न उठेका मान्छेलाई किन मन्त्री बनाएको भनेर कांग्रेसले सोधेको प्रश्नको जवाफ पनि दिए। ‘प्रश्न उठेकालाई किन मन्त्री बनाइयो, किन सरकारमा लगियो भनियो तर उनैलाई प्रधानमन्त्री बनाउन पनि हिँडेको हामीले सुनेकै छौँ।
आफूतिर नआउने भएपछि भ्रष्टाचारी र कारबाहीमा परेको भनिदिए हुने हो?’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने