त्रिकोणात्मक टी–२० शृंखला : फाइनलमा नेपाल पीएनजीसँग ८६ रनले पराजित

त्रिकोणात्मक टी–२० शृंखला : फाइनलमा नेपाल पीएनजीसँग ८६ रनले पराजित

Nepali_cricket_team_1024x6241677836143_1024

पोखरा । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज नेपालले पपुवा न्यु गिनी (पीएनजी) सँग ८६ रनको ठूलो हार बेहोरेको छ ।

बुधबार भएको फाइनल खेलमा पीएनजीले दिएको १७२ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको नेपाल १६.३ ओभरमा ८५ रनमा अलआउट भएको हो । मंगलबार भने नेपालले लिग चरणको अन्तिम खेलमा पीएनजीलाई ८५ रनले हराएको थियो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन बनाए। आरिफ शेख १५, रोहित पौडेल १२, लोकेश बम ६, गुल्सन झा ६, कुशल भूर्तेल ५, विनोद भण्डारी ४, करण केसी ३, विवेक यादव १ रनमा आउट भए । प्रतिश जिसी डकआउट भए।

पहिले ब्याटिङ गरेको पीएनजीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १७१ रन बनाएको थियो । पीएनजीका लागि टोनी उराले ३७ बलमा ६१ रन बनाए । सो क्रममा उनले ५ चौका र ४ छक्का प्रहार गरे।

५.२ ओभरमा ४ विकेट लिएर कसिलो बलिङ प्रदर्शन गरेको नेपाललाई त्यसपछि विकेट लिन भने त्यति सहज भएन।

नेपालका लागि कुशल भूर्तेल र आकाश चन्दले ३–३ विकेट लिए। करण केसी र गुल्शन झाले भने १–१ विकेट लिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ