काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यसअघिको गठबन्धन सरकार दुई महिनामा फेर्दा अस्थिरता नहुने अहिले डेढ वर्षपछि आफ्नो गठबन्धन भत्कँदा अस्थिरता भन्ने भनी नेपाली कांग्रेसलाई प्रश्न गरेका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ सत्ता समीकरण निर्माण गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले गरेको बताए । नयाँ सत्ता समीकरण निर्माणमा बाह्य शक्तिको हात नरहेको बताएका छन् ।
अध्यक्ष ओलीले भने, ‘राम्रो काम जति सबै आफूले गरेको भन्छ नेपाली कांग्रेस । राम्रो जति सबै आफैले गरेको । अरूलाई एक छेउ जस दिन्छ ? यस पल्ट पनि नेपाली कांग्रेस मात्रै होइन, अरुअरु यसो छरछिमेकका मित्रहरू पनि यतिको काम त हामीले गरेको भनेर जस दिए हुन्छ नि । सरकार परिवर्तन, यताउता । यी साना कामहरू । हाम्रो देश भित्रका कामहरू त हामीले गरेको भने हुन्छ । को आयो, कुन देश आयो, कसले गर्यो ? कहाँ अर्कालाई जस दिएको ? हामीले गरेको । प्रचण्डजी मुख्य हो यो परिवर्तन गर्ने । साथ दिने म पनि हो । दुई भाइलाई जस पनि हुन्छ नि अलिकति ।’
अध्यक्ष ओलीले सिंगो सदनले मिलेर प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनु वाञ्छनीय हुने बताए । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफूमाथि विश्वासको मत माग्ने प्रस्ताव राख्ने क्रममा गर्नुभएको तर्क, विश्लेषण र नयाँ सत्ता समीकरण बनाउनुको कारणबारे दिएको स्पष्टीकरण चित्तबुझ्दो भएको पनि बताए ।
ओलीले भने, ‘प्रधानमन्त्रीको विश्वासको मत दिने प्रस्ताव वक्तव्य मैले राम्ररी सुनेँ । उनको तर्क, विश्लेषण, किन सरकार पुनर्गठन गर्नुपर्यो भन्ने कारण । र अब उन के चाहनु हुन्छ ? यसपछि भन्ने कारण, के का लागि यसो गर्नु भयो ? भन्ने कुरा । सबै कुराहरू सविस्तार बताए । र कुराहरू, कारणहरू चित्तबुझ्दो छ । म समर्थनबाटै शुरु गर्छु । यस सदनले सबैले मिलेर यस प्रस्तावलाई पारित गर्नु वाञ्छनीय छ जस्तो लाग्छ ।’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने