कांग्रेसलाई ओलीको प्रश्न- पोहोर त प्रधानमन्त्रीलाई उफ्री-उफ्री समर्थन गरियो, अहिले किन बटारिएको ?

कांग्रेसलाई ओलीको प्रश्न- पोहोर त प्रधानमन्त्रीलाई उफ्री-उफ्री समर्थन गरियो, अहिले किन बटारिएको ?

KP Oli samsad

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन किन नमिल्ने भनेर प्रश्न गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेगरी बुधबार जारी प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले पोहोर समर्थन गर्न हुने अहिले किन नहुने भनेर प्रतिनिधि सभाबाट कांग्रेसलाई प्रश्न गरे ।  एमाले अध्यक्ष ओलीले अघिल्लो पटक आफूले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेर प्रधानमन्त्री बनाउँदा नेपाली कांग्रेस नयाँ ब्याट्री हालेजस्ता भएर हौसिए पनि अहिले किन बटारिएको भन्दै प्रश्न गरेका छन् ।  

‘पोहोर समर्थन गर्न हुने अहिले किन नगर्ने ?  मान्छे उही, पोहोर पनि कांग्रेस सरकारमा थिएन । भित्रभित्र के थियो थाहा थिएन’, ओलीले भने, ‘ अहिले के भो त्यस्तो फेरि ठ्याक्कै टर्न आउट ?’ ओलीले भने – “पोहोर पनि मैले नै प्रचण्डजीलाई प्रस्ताव गरेर प्रधानमन्त्री बनाएको थिएँ । त्यसबेला त कांग्रेसले उफ्री-उफ्री समर्थन गरेको थियो । अनि अहिले नमिल्ने के छ र ? मान्छे त्यही, प्रक्रिया त्यही,” 

उनले मुलुकमा जनमुखी सरकार गठन भएको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds