पोखरा महानगरपालिका–२९ भण्डारढिकमा आगामी चैत ३ देखि ११ गतेसम्म हुने खेल महोत्सव २०८० को तयारी तीव्र पारिएको छ ।
सूर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा आयोजना हुने प्रतियोगिताको तयारी तीब्र पारिएको नेपाल खेलकुद महासंघ गण्डकीका अध्यक्ष विष्णु पुनले जानकारी दिए ।
पुनका अनुसार महोत्सवको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
फागुन १९ गते नै एथलेटिक्स प्रतियोगिता अन्तर्गत ७ किलोमिटरका चार विधामा दौड प्रतियोगिता सम्पन्न भइसकेको छ । यस्तै, फागुन २६ देखि विद्यालय स्तरीय नृत्य प्रतियोगिता सुरु भइसकेको छ । खेल महोत्सव चैत ३ देखि ११ गतेसम्म सञ्चालन हुने भएपनि विद्यालयस्तरीय प्रतियोगिता निर्धारित मितिभन्दा अगाडि नै सञ्चालन भएको हो ।
चैत ३ गतेसम्म सञ्चालन हुने विद्यालय स्तरीय नृत्य प्रतियोगितामा विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ पाउनेछन् भने तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउनेछन् ।
महोत्सव अन्तर्गत चैत्र २ र ३ गते खुल्ला ब्याडमिन्टन प्रतियोगिता, चैत्र ३ गते संघसंस्था स्तरीय झाँकी प्रर्दशनी प्रतियोगिता, चैत्र ३ र ४ गते गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता, चैत्र ३ गतेदेखि ११ गतेसम्म पुरुष फुटबल प्रतियोगिता, चैत्र १० गते खुल्ला महिला स्लो स्कुटर रेस प्रतियोगिता र चैत्र ८ देखि १० सम्म खुल्ला लोक दोहोरी प्रतियोगिता हुनेछ ।
खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता प्रथम हुनेले ३३ हजार ३ सय ३३, उपविजेताले २२ हजार २ सय २२ र तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् ।
विद्यालयस्तरीय प्रतियोगितादेखि खुल्ला पुरुष फुटबल प्रतियोगिता मुख्य आकर्षण छन् । खेल महोत्सवमा पुरुष फुटबल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर, गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, खुला ब्याडमिन्टन प्रतियोगिता, एथलेटिक्स प्रतियोगिता र संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा नेपालभित्रका विभिन्न संघ, संस्था, क्लब एवं स्थानीय तहबाट खेलाडी सहभागी हुन सक्ने अध्यक्ष पुनले जानकारी दिए ।
१६ टीमको सहभागिता रहने फुटबल प्रतियोगिताको विजेताले ३ लाख ३ हजार ३ सय ३३, उपविजेताले १ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कारसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडीले र सर्वाधिक गोलकर्ता र अनुशासित टिमले ७ हजार ७ सय ७७ रुपैयाँ पाउने प्रतियोगिताका अध्यक्ष पुनले बताए ।
खेल महोत्सवमा आयोजनामा गरिएको विद्यालयस्तरीय प्रतियो्गिता भने निर्धारित मिति भन्दा अगाडि नै आयोजना गर्न लागेको उनले बताए । जसमा कास्की जिल्लाका विद्यालयस्तरीय ५ किलोमिटर दौड, खुल्ला र ४५ वर्ष माथि भेट्रान ५ किलोमिटर दौड प्रतियोगिता फागुन १९ गते सञ्चालन हुने बताए । तीन विधाका विजेताले ७ , उपविजेताले ५ तेस्रो हुने प्रतियोगीले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै, खेल महोत्सवमा गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २२ हजार २ सय २२ र तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ पुरस्का प्राप्त गर्नेछन् । खुुल्ला ब्याडमिन्टन प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २२ हजार २ सय २२ र तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ पुरस्का प्राप्त गर्नेछन् ।
यस्तै, विभिन्न संघसंस्थास्तरीय झाँकी प्रर्दशनी प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २२ हजार २ सय २२ र तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ पुरस्का प्राप्त गर्नेछन् ।
सम्बन्धित समाचारः
पोखराकाे भण्डारढिकमा ‘सूर्य तारा नेकोस खेल महोत्सव’ चैत ३ देखि

सम्बन्धित खबर
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो