पोखरा । पोखराकी एक युवती जनकपुरको एक होटलमा बिहान बेहोस अवस्थामा फेला परिन् । आज बिहान साढे ८ बजेतिर होटल सिटी प्यालेस एण्ड गेष्ट हाउसमा बेहोस भेटिएका उनको उपचारका लागि अस्पताल लगिएकोमा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्र खरेलले गण्डकन्यूजलाई दिएको जानकारी अनुसार ति महिला पोखरा वडा नं. १३ घर भएकी अन्दाजी २९ वर्षीया खुश्बु सुनार हुन् । उनी सँगै होटलमा बसेका भनिएका दुई युवक भने फरार छन् ।
उनी विगत २–३ महिनादेखि छोरासहित महेन्द्रनगरमा बस्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको खरेलले बताए । खुश्बुका श्रीमान् पोखरामै बस्ने र जानकारी पश्चात् जनकपुर आउँदै गरेको पनि उनले बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले यस विषयमा कास्कीमा जानकारी आइनसकेको बताए । धनुषा प्रहरीका अनुसार खुश्बुको प्रादेशिक अस्पताल जनकपुरमा लगिएकोमा मृत्यु भएको घोषणा गरिएको हो ।
युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । सँगै बसेको भनिएका दुई युवकको खोजी गरिरहेको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर खरेलले बताए ।

सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते