इस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु

इस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु

yeed

पोखरा । इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम समुदयका मानिसहरु दिनभर निराहार व्रत बस्छन् । बिहानको नमाज पढेपछि शुरु भएको रोजा व्रत बेलुकाको नमाज सुनेर मात्रै खाने चलन छ ।

निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय सूर्य उदाउने र अस्ताउने तालिकाका अनुसार तय हुने गर्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि मात्रै आहार लिइन्छ। उर्दू पात्रो अनुसार हिजरी सम्बतको रमजान नवौँ महिना हो । रमजानमै मुस्लिमको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको मानिन्छ ।

यही महिनामा नै अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ । शरीरलाई शुद्ध राखेर मात्र रोजा बस्नुपर्छ भन्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुस्लिमहरुले रोजा बस्नुलाई गर्वका रुपमा लिने गरेका छन् । रमजान व्रत बस्नु अघि हिजो साँझ मुस्लिमहरुले चन्द्रमा हेर्ने प्रचलन छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds