नेपालमै पहिलो पटक लिफ्टसहित आकासे पुल निर्माण सुरु

नेपालमै पहिलो पटक लिफ्टसहित आकासे पुल निर्माण सुरु

silanyas

पोखरा । ललितपुर महानगरपालिकाको वडा नम्बर १३ कुसुन्तीको चक्रपथमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुल निर्माण सुरु गरेको छ।

महानगरका अनुसार नेपालमै पहिलो पटक लिफ्टसहित अपाङ्गतामैत्री आकासे पुल निर्माण सुरु भएको हो।

सोमबार ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले उक्त आकाशे पुलको शिलान्यास गरेका हुन्।

सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो।

ललितपुर महानगर–१३ स्थित निर्माण भइरहेको पुल एक वर्षमा बन्ने महानगरले बताएको छ।

उक्त आयोजना निर्माणको ठेक्का लामा प्रगति–मनि बुद्ध जेभि, काभ्रेसँग चार करोड ६८ लाखमा सम्झौता भएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ