पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । यस अवसरमा फागुन २५ देखि सरसफाई, सम्मान, रक्तदान, पोखरा भवन र घट्टेखोला पुलको शिलान्यास लगायतका कार्यक्रमहरू गरिएका छन् ।
नगरपालिका स्थापनाको ६४औं तथा महानगरपालिका स्थापनाको सातौँ दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् । महानगरको स्वास्थ्य महाशाखाको व्यवस्थापनमा गरिएको उक्त कार्यक्रममा ५७ युनिट रगत संकलन भएको हो ।
यसैगरी, महानगरपालिकामा सञ्चालित विद्यालयका उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको छ । लामो समय शिक्षण गरेका शिक्षकलाई दीर्घसेवा सम्मान प्रदान गरिएको छ ।
यस्तै, पोखरा भवनको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका वडा नं.९ पृथ्वीचोक (साबिक गोलघर) मा बन्ने उक्त भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरेका हुन् ।
पर्यटन सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी र घण्टाघर समेत रहने गरी निर्माण गर्न लागिएको पोखरा भवन पोखराको कोसेली घरको रूपमा रहने छ । भवनमा व्यवस्थित सूचना केन्द्र, सुव्यवस्थित पुस्तकालय, आकर्षक आर्ट ग्यालरी र टपमा घण्टा घर रहने पनि रहनेछ ।
०८२ को घटस्थापनाका दिन उद्घाटनको मितिसमेत घोषणा गर्दै प्रमुख आचार्यले तोकिएको समय सीमा भित्रै गुणस्तरीय निर्माणमा जोड दिए । ५ करोड १ लाख ४६ हजार ५ सय ५१ रुपैयाँ लागतमा निर्माण हुने उक्त भवनको अण्डर ग्राउन्ड पार्किङसमेत हुनेछ ।
१ हजार २ सय ६९ दशमलव ८९ वर्ग मिटरको फ्लोर एरिया हुने भवन सुविधा सम्पन्न हुनेछ । कोजु इन्जिनियरिङले निर्माणको जिम्मा पाएको भवनमा अण्डर ग्राउन्ड पार्किङ, भुइतल्लामा कोसेली घर र सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय सहित सभा हल, तेस्रो तलामा आर्ट ग्यालरी र सभा हल तथा सबैभन्दा माथि घण्टाघर रहने छ ।
यता, पोखरा महानगरपालिका वडा नं. १९ स्थित खुइते खोला (घट्टे खोला) मा पक्की पुल बन्ने भएको छ । पोखराको लामाचौर र माछापुच्छ्रे गाउँपालिका जोड्ने सडक खण्डमा पर्ने खुइते खोला मोटरेवल पुल दुई करोड ८२ लाख ९७ हजार एक सय ३१ रुपैयाँको लागतमा निर्माण हुन लागेको हो ।
पुल ८ दशमलव ४ मिटर चौडा र १६ मिटर लम्बाइको हुनेछ । पुलको दुवैतर्फ १दशमलव२ मिटरको फुटट्रयाक पनि हुनेछ । पुलको उचाई जमिनबाट ११ मिटर अग्लो हुनेछ । सिङ्गल स्पानको डवल लेन पुल निर्माणको काम २०८१ को कात्तिक भित्र सम्पन्न हुनेछ ।
पुलको नगर प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र वडा नं.१९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले संयुक्तरूपमा शिलान्यास गरे ।
नगर प्रमुख आचार्यले पुलले पोखरा महानगरपालिकाको माथिल्लो क्षेत्र र माछापुच्छ्रे गाउँपालिकालाई दीर्घकालीनमा रूपमा जोड्ने विश्वास व्यक्त गरे । पुल निर्माणसँगै त्यस क्षेत्रको कृषि उपजहरूको बजारीकरण र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने उनले दावी गरे ।
यसैगरी, स्थापना दिवसको विशेष समारोह पोखरा सभागृहमा सम्पन्न भएको छ ।
सभालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, महानगर सल्लाहकार परिषद्का संयोजक आनन्दराज मुल्मी, दलका नेताहरू दिवसमान प्रधानाङ्ग र राधिका कुमारी शाही योगी, महानगरका प्रवक्ता मोतीराज तिम्सिना, कर्मचारी सङ्गठनका प्रतिनिधिहरू लगायतले सम्बोधन गरेका थिए ।
आगामी वर्षदेखि महानगरपालिकाले नगरपालिका घोषणा भएको दिन पुस २ गतेलाई स्थापना दिवसका रूपमा मनाउने छ ।
सम्बन्धित खबर
‘पोखरा एक्स्चेञ्च एण्ड टेस्ट ड्राइभ कार्निभल’ शुरू, ५ ब्राण्डका इभी गाडी फाइनान्स र इन्स्योरेन्स सुविधा
पोखरा १५ बृहत् खेलकुद महोत्सवः शुक्रबार विभिन्न खेल सम्पन्न, शनिबार समापन हुँदै
पोखरामा भोलिदेखि इभी एक्स्चेञ्ज एन्ड टेस्ट ड्राइभ कार्निभल, ५ वटा ब्राण्ड एकै ठाउँ
सम्झनामै सीमित ‘पोखराको सम्झना’
पृथ्वीचोक बसपार्कमा स्थानीयको सक्रियतामा ढलानसहितको पक्की बाटो निर्माण [फोटो/भिडियो]
विदेश पलायन हुनेभन्दा देश बनाउने कुरामा ध्यान दिनुस् : प्रधानमन्त्री ओली
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी