काठमाडौँ : उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सरकारको आयुसँग आफूलाई मतलब नभएको दाबी गरेका छन्।
आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि प्रदेश र जिल्ला प्रहरी प्रमुखहरूलाई भिडियो कन्फेरेन्समार्फत निर्देशनदिनेक्रममा उनले जति दिन टिकिन्छ राम्रो कामको प्रयास गर्ने बताए।
उनले प्रहरी सङ्गठनको सरुवा- बढुवामा ‘धाउनुपर्ने’ व्यवस्थाको अन्त्य गर्ने भन्दै प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई सङ्गठनभित्रको सरुवा र बढुवा समयमा गर्न निर्देशन समेत दिएका थिए।
उनले भिआइपी कल्चरको अन्त्य गर्ने भन्दै आफूलाई एक जना पिएसओमात्र दिन आग्रह गरेका थिए। उनले आफू प्रहरी सङ्गठनको निर्णयमा हस्तक्षेप नगर्ने तर अन्यलाई अधिकार बुझाए चुप लागेर नबस्ने चेतावनी दिएका थिए।
‘आइजिपी साप’ले आफ्नो अधिकार कसैलाई नबुझाउनुस्, म कुनै हस्तक्षेप गर्दिन’ उनले भने।
उनले प्रहरी नियमावलीमा रहेको अवकाशको सर्तमा ३० वर्षे सेवा अवधि हट्नुपर्ने र यसका लागि कसै न कसैले सेक्रिफाइस गर्नुपर्ने बताएका थिए।
कानुन संशोधन गरेर प्रहरी समायोजन गर्ने भन्दै उनले, हवलदार र जुनियर प्रहरी अधिकृतहरूका लागि १६ वर्षे र १८ वर्षे पेन्सन अवधि लागू गर्न आफू दृढ रहेको बताएका थिए।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने