गत फागुन २० गते पर्वतको कुश्मामा आयोजित एक महोत्समा गायिका एलिना चौहान र एकजना साउन्ड टेक्निसियनबीचको भनाभनको विवाद अझै साम्य भएको छैन। विवादको विषयले यतिबेला संगीतिक क्षेत्र तातेको छ ।
उक्त घटनालाई लिएर ६ वटा साउन्ड सिस्टम कम्पनीले एलिनाले माफी माग्नुपर्ने भन्दै उनका कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने घोषणा नै गरे। त्यसपछि एलिनाले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त घटनालाई लिएर सार्वजनिक रुपमा फेसबुकमार्फत माफी नै मागिन्।
एलिना चौहानलाई माफी माग्न बाध्य पारेपछि लोक दोहोरी गीत प्रतिष्ठानले साउण्ड सिस्टम व्यवसायीको गैरजिम्मेवार, असहिष्णु अभिव्यक्ति तुरुन्त सच्याउन माग गरेको छ । अध्यक्ष रीता थापा मगरले एक विज्ञप्ति जारी गर्दै साउण्ड सिस्टम व्यवसायीको गैरजिम्मेवार अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गरिएको छ ।
पूर्व अध्यक्ष बद्री पंगेनी पनि एलिना चौहानको बचाउमा उत्रिए
चर्चित लोकदोहोरी गायक एवं प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनीले बिहानै एलिनालाई मात्रै दोषी देखाउनु गलत हुने बताएका थिए । उनले घटनाको कारक एलिना मात्रै नभएर साउन्ड सिस्टम व्यवसायीहरूले पनि यसमा आफ्नो कमजोरी स्वीकार्न सक्नुपर्ने मत राखेका छन्।
पंगेनीले सामाजिक सञ्जालमार्फत एलिनाले कमजोरी स्वीकारिरहँदा साउन्ड सिस्टम व्यवसायीलाई पनि दूध धोएको मान्न नसकिने बताएका छन्।
‘के घटनाको कारक गायिका एलिना चौहान मात्रै हुन्? हो भने साउण्ड सिस्टम व्यावसायी साथीहरूले प्रष्ट पारिदिनुपर्यो, उहाँले ठूलै गल्ती गरेको हो भने कानुनी उपचार खोज्नुपर्यो’, पंगेनीले भनेका छन्, ‘सम्बन्धित निकायसँग छलफल गर्नुपर्यो। होइन भने तपाईंहरूको सामूहिक धारणा आइरहँदा, गायिका एलिना चौहानले सामाजिक सञ्जालमा कमजोरी महसुस गरिरहँदा प्राविधिक साथीलाई चाहिँ दूधैले नुहादिनुभएको हो?’
पंगेनी त्यतिमै रोकिँदैनन्। उनले प्राविधिकबाट गल्ती नगर्ने भाष्य साउन्ड सिस्टम व्यवसायीले बनाइरहेको पनि बताएका छन्।
‘प्राविधिकबाट कहिल्यै गल्ती हुँदैन? गहनरूपमा सोचौँ न साथीहरू, आखिर सबैलाइ सबै चाहिन्छ’, उनले भनेका छन्, ‘कुनै पनि घटनाको कारक दुवै पक्ष हुन्छ। साउन्ड सिस्टम र कलाकार एकअर्काको परिपुरक हुन्, मिलेर अगाडि बढ्नुपर्छ। व्यवसायमा निषेधको संस्कृति गलत हुन्छ।’
सम्बन्धित समाचारः
पर्वत घटनाको साइड इफेक्टः
एलिना चौहानले माफी नमागेसम्म सहभागी कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने घोषणा
गायिका एलिना चौहानले मागिन् माफी, भन्छिन्ः माईकबाटै भन्नू मेरो कमजोरी थियो
सम्बन्धित खबर
वीर अस्पतालमा थपिएको सर्जिकल आइसीयुको स्वास्थ्य मन्त्री पौडेलद्वारा उद्घाटन
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त, शपथ भोलि ४ बजे
प्रधानमन्त्री ओलीद्वारा ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त
शिक्षामन्त्रीको राजीनामाबारे अहिलेसम्म सरकारलाई जानकारी छैन : प्रवक्ता गुरूङ
आन्दोलनलाई थप चर्काउँदै शिक्षक
पूर्वप्रहरी महानिरीक्षक थापाको निधन
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध
तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते