पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’ भन्ने नाराका साथ सुरु भएको छ ।
गण्डकी प्रदेश टेनिस संघको समन्वय तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा दुई महिना लामो उक्त प्रशिक्षण सुरु भएको हो । पोखरा रंगशालामा शनिबार सुरु भएको उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले गरेका छन् ।
सो अवसरमा बोल्दै सदस्य सचिब शर्माले ‘खेल्छ गण्डकी’ कार्यक्रम प्रदेशको खेलकुद विकासका लागि एक अभियान रहेको बताउँदै टेनिस खेलाडी उत्पादन गर्न यो प्रशिक्षण कार्यक्रमले सहयोग पुग्ने बताए । उनले भने–“खेल्छ गण्डकी’ कार्यक्रम खेलकुदको क्षेत्रमा अविरल बगिरहने पवित्र अभियान रहेको नदी जस्तै हो । टेनिसले खेलकुदबाट टाढा रहेकाहरुलाई मैदानमा ल्याएर उल्लेखनिय कार्य गरेको छ । यो चुनौतीपूर्ण कार्य गर्ने टेनिस परिवार धन्यबादको पात्र भएको छ ।”
मोवाइलमा रमाउने बालबालिका लाई खेल मैदान सम्म ल्याउनु निकै चुनौतीपूर्ण विषय रहेको जनाउँदै अभिभावकहरुलाई समेत उनीहरु कुशल खेलाडीको रुपमा स्थापित हुन्छन् भन्ने कुराको विश्वास दिलाउन आवश्यक रहेको सदस्य सचिव शर्माले जनाए । यो कार्यक्रमले खेल संस्कृती र खेलकुद विकासको अभियानमा समेत महत्वपूर्ण रहेको जनाउँदै उनले खेलकुद क्षेत्र बहुआयामिक विषय समेत रहेकोले सबै उमेर समुह र सवै वगएलाई खेलकुदको अभियानमा समेत ल्याउन उत्तिकै प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।
खेलकुद क्षेत्र लैङ्गिक समानताको क्षेत्र रहेको बताउँदै खेलकुद क्षेत्र पारदर्शिता र सुशासनतर्फ अघि बढाउन परिषदले अभियानको रुपमा अघि सारेको सदस्य सचिव शर्माले बताउँदै सबै खेल संघहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको औंल्याए । उनले भने–“सबै खेल संघहरुको सस्थागत सुधार र क्षमता अभिवृद्धि गर्दै खेलकुद क्षेत्रको फलामे अनुशासनलाई कायम गर्दै खुट्टा तान्ने प्रवृतीको अन्त्य हुन आवश्यक छ ।” खेलकुद क्षेत्रमा राज्यको लगानी बढाउन राजनितिक दलहरुलाई दवाव दिने गरी सबैले अभियानको रुपमा अघि बढाउनु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा आफ्ना भनाई राख्दै गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थले गण्डकीको टेनिस खेलमा विगतको इतिहासले विपन्न वर्गका बालबालिका बाटै सुरु भएकोले यस कार्यक्रम मार्फत पहिलो पटक सोही बर्गका बालबालिका लाई समेटिएको बताए । उनले भने–“खेल्छ गण्डकी कार्यक्रम एक महत्वपूर्ण कार्यक्रम हो । यो कार्यक्रममार्फत समाजमा पछि परेका बालबालिका लाई टेनिस मैदान सम्म ल्याएर राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौं ।”
कार्यक्रममा गण्डकी प्रदेश टेनिस संघका सचिब नविन चालिसे, प्रशिक्षक निरज थापाले समेत आफ्ना भनाई राखेका थिए ।
उक्त प्रशिक्षण कार्यक्रममा ६ वर्ष देखि १६ वर्ष सम्मका बालबालिकाहरुलाई दुई महिना प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
सम्बन्धित खबर
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो