शान्ति निकेतनका निश्चल पोखरा महानगरद्वारा नगदसहित सम्मानित

सम्मान

शान्ति निकेतनका निश्चल पोखरा महानगरद्वारा नगदसहित सम्मानित

आधारभुत तह नगरस्तरिय कक्षा ८ को परीक्षामा सर्वोत्तम नतिजा जिपिए ४ प्राप्त गर्न सफल

nischal shanti niketan (1)

पोखरा ५, पर्स्याङ स्थित शान्ति निकेतन स्कूलका छात्र निश्चल कोइराला नगदसहित सम्मानित भएका छन् ।

राष्ट्रिय शिक्षा दिवस २०८० तथा पोखरा महानगरपालिकाको सातौं स्थापना दिवसको अवसरमा पोखरा महानगरले महानगर क्षेत्रभित्र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको हो ।

निश्चलले आधारभुत तह नगरस्तरिय कक्षा ८ को परीक्षा २०७९ मा सर्वोत्तम नतिजा जिपिए ४ प्राप्त गर्न सफल भएका हुन् ।

महानगरले नगद पुरस्कार, प्रमाणपत्रका साथ सम्मान गरेको हो ।

विद्यालयका प्रधानाध्यापक डा. महेश्वर पराजुलीका अनुसार उनी सानैदेखि पढाइमा तीक्ष्ण र मेधावी विद्यार्थी हुन् ।

कक्षा ९ सम्मका हरेक परीक्षामा प्रत्येक बिषयमा निश्चलले ए प्लस ल्याउने गरेको  परीक्षा संयोजक हेम सुबेदीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ