कोपिला नेपालमा आश्रित महिला, बालिकाहरुलाई खाद्यान वितरण

सहयाेग

कोपिला नेपालमा आश्रित महिला, बालिकाहरुलाई खाद्यान वितरण

kopila nepal sahayog (1)

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेकपा एमालेको जनवर्गिय संगठन युवा संघ, कास्कीमा आवद्ध महिलाद्वारा कोपिला नेपाल संस्थामा आश्रित बालिका, महिलाहरुलाइ खाद्यान्न वितरण गरेको छ ।

४८ जना सहाराविहीन महिलालाई खाद्यान्न सामाग्री वितरण गर्दै युवा नेतृ सरस्वती पुरीले महिलामाथिको हिंसा दिनानुदिन बढ्दै गरेको र घर स्कूलमा पनि महिलाहरु सुरक्षित नभएको चिन्ता व्यक्त गरिन् ।

युवा नेतृ विष्णु सुवेदीले कोपिला नेपालमा आएर देखेको दृश्यले आफू भावविह्वल बनेको बताइन् । सुवेदीले कठिन अवस्थाका महिलालाई राज्यले सघाउनुपर्ने बताइन् ।

कार्यक्रममा नेकपा एमालेका नेता माधव बास्तोला, भरतमान गुरुङ, शेखर गौतम लगायतको उपस्थित थियो। कार्यक्रममा कोपिला नेपालमा रहेका महिलाहरुले गीतसमेत प्रस्तुत गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds