अपाङ्गताका मुद्दालाई प्रदेश सभामा उठाउने सांसद गुरूङको प्रतिवद्धता

अपांगता मुद्धा

अपाङ्गताका मुद्दालाई प्रदेश सभामा उठाउने सांसद गुरूङको प्रतिवद्धता

apangata muddha

गण्डकी प्रदेश सभा सदस्य सरस्वति गुरुङले अपांगता भएकाहरुको मुद्धालाई प्रदेश सभामा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाएकी छन् ।

कास्की नेत्रहिन संघको आयोजनामा अपाङ्गता भएका महिलाहरूलाई कानुनी सचेतना, लैङ्गिक समानता, प्रजनन स्वास्थ, प्रविधिमा पहुँच र उनीहरूको सशक्तिकरण सम्बन्धी पोखरामा आयोजित गोष्ठीमा बोल्दै उनले यस्तो वचनवद्धता प्रकट गरेकी हुन् ।

कार्यक्रमका प्रमुख अतिथि गुरुङले आफूले प्रदेश सभामा अपाङ्गताका मुद्दाहरूलाई विशेष रूपमा उठाइरहेको र आगामी दिनहरूमा पनि आफ्नो तर्फबाट अपाङ्गताको क्षेत्रमा सहयोग गर्ने र प्रदेश सरकारसंग जोड्ने माध्यम भन्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ अनुशासन आयोगका पूर्व केन्द्रिय सदस्य तथा सहारा आधारभूत् विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी र अधिवक्ता भुवन पराजुलीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

संस्थाका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा संपन्न कार्यक्रममा ३२ जना अपाङ्गता भएका महिलाहरु सहभागी रहेको सुनिता ज्ञवालीले जानकारी दिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ