महिला दिवसमा पोखरा महानगरद्वारा २० जना महिला उद्यमीलाई सम्मान

महिला दिवसमा पोखरा महानगरद्वारा २० जना महिला उद्यमीलाई सम्मान

IMG_20240307_142423

पोखरा । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पोखरा महानगरपालिकाभित्र सञ्चालित विभिन्न व्यवसायीक फर्मका २० जना सफल महिला उद्यमीलाई सम्मान गरिएको छ ।

महिला दिवसको अवसर पारेर पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले सफल उद्यमी महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरेको हो । पोखरा महानगरले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रम मार्फत ऋण लगेर व्यवसाय गरेका मध्यबाट दश जना र महानगरभित्रका अन्य दश जना सफल उद्यमी महिला गरी २० जनालाई नगद ५ हजार सहित सम्मानपत्रले सम्मान गरिएको हो । महिला दिवस फागुन २५ गते शुक्रबार भएपनि शिवरात्री पर्वका कारण विदा परेकाले बिहिबार उद्यमी महिलालाई सम्मान गरेर मनाइएको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन्।

उपप्रमुखसँग महिला कार्यक्रम अन्र्तगत सम्मानित हुनेहरुमा पोखरा ७ को अस्मी खाजा घर सञ्चालक शान्तिमाया गुरुङ, पोखरा ३२ मा रहेको बसन्ती पशुपन्छी तथा कृषि फर्मका बसन्ती कामी विक, पोखरा २४ मा रहेको पुप्पा पशुपालन तथा कृषि कर्फका पृष्पा कार्की, पोखरा १६ रहेको श्रीसम्पूर्ण राइस मिलका दमयन्ती आचार्य, पोखरा ५ मा रहेको हाम्रो रचात्मक गार्मेन्ट, पोखरा १५ को चन्द्र हस्तकला उद्योगकी चन्द्रकुमारी गुरुङ, पोखरा ३२ बडहरे पण्डित कृषि तथा पशुपन्क्षी फर्मका पुष्पलता पण्डित, पोखरा ३३ मा रहेको रातमाटे बाख्रा तथा पशुपंक्षी फर्मका पवित्रा मल्ल ठकुरी, पोखरा १५ को शितल पंक्षी फर्मका पञ्जा परियार, पोखरा १६ मा रहेको अतिथि झोला उद्योगका पार्वती थापा बस्नेतलाई सम्मान गरियो ।
त्यस्तै पोखराभित्र सञ्चालन भएका उद्योगहरु मध्यबाट ग्लोरी फेसन होमका शान्ति श्रीस थापा, स्वस्तिक हस्तकला उद्योगका सीता गुरुङ, दिप डेरी उद्योगका पम्फा देवकोटा, पोखरा मोर्डन बेकरीका सुनिता श्रेष्ठ, सफा सावुन उद्योगका सीता सुवेदी सिग्देल, राजिव रोशनी पशु तथा कृषि फर्म सीतादेवी भुर्तेल, हरियो एंग्रो इन्डस्ट्रीज प्रालिका रोशनी शर्मा आचार्य, ऋतु सौगातका सुन्ती पुर्जा, तमु भाग्रा हस्तकला उद्योगका पवित्रतादेवी गुरुङ र विधाता हस्तकला प्रशिक्षण केन्द्रका सविता श्रेष्ठलाई सम्मान गरिएको हो ।

सम्मानित सबैलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, महानगरका प्रबत्ता मोतीलाल तिम्सीना, पोखरा वडा नम्वर २ का वडा अध्यक्ष दिवसमान प्रधानांग, पोखरा १७ का वडा अध्यक्ष राधिका शाहि योगी, पोखरा १५ का वडा अध्यक्ष तोरण बानियाँ, कार्यपालिका सदस्य भिमकुमारी पुन, कार्यपालिका सदस्य मन्दिरा गौतम, निर्मला पौडेल, पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा लगायतले नगद ५ हजार, सम्मापनपत्र र खाँदाले सम्मान गरे।

यसअधि कार्यक्रमको उद्घाटन पोखरा महानगरका प्रमुख धनराज आचार्यले गरेका थिए । उनले नेपालका राजनीतिक परिर्वतनमा महिलाहरुको भुमिका महत्वपूर्ण रहेको बताउदै महिला र पुरुषबीचको असमानता अन्त्यका लागि हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा पोखरा महानगरका प्रवत्ता मोतिलाल तिम्सीना, वडा नम्वर १७ का वडा अध्यक्ष राधिका शाही योगी, वडा नम्वर २ का अध्यक्ष दिवसमान प्रधानांग, पोखरा प्रज्ञाप्रतिष्ठानका निर्वतमान कुलपति पदमराज ढकाल लगायतले नेपाली राजनीतिक परिर्वतनमा महिलाको भुमिका महत्वपूर्ण रहेको बताउदै समानताका लागि सबैको साझा प्रयास आवश्यक रहेकोमा जोड दिए। कार्यक्रम पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ