पुन युनाइटेड बास्केटबल प्रतियोगितामा पर्वत र बनौ सेमिफाइनल प्रवेश

पुन युनाइटेड बास्केटबल प्रतियोगितामा पर्वत र बनौ सेमिफाइनल प्रवेश

Pun United Basketball 3rd Day Photo 2

पोखरा । पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि सुरु भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ पर्वत र बनौ बास्केटबल टिम सेमीफाइनल प्रवेश गरेको छ ।

रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा भएको पहिलो क्वार्टरफाइनल खेलमा पर्वतले क्याङ बास्केटबल टिमलाई ४७–३७ स्कोरले हराउँदै सेमीफाइनल प्रवेश गरेको हो । दोस्रो सेमीमा बनौले ताङतिङलाई ६७–३८ स्कोरले पराजित गरेको क्लबका सदस्य राजेन्द्र पुनले जानकारी दिए ।

बिहीबार नै भएको क्वार्टरफाइनल खेलमा पर्वत, ताङतिङ, बनौ र नदीपुर विजयी भएका थिए । तेस्रो दिनको पहिलो खेलमा पर्वत बास्केटबल टिमले बौद्धलाई ६६–५६ ले हरायो । ताङतिङले काठमाडौंको बलर्स एकेडेमीलाई ४९–४२ स्कोरले पराजित गर्‍यो ।

अर्को खेलमा मर्दीखोला ओरेन्जलाई बनौले ६५–३४ ले जित्यो । अन्तिम क्वार्टरफाइनल खेलमा नदीपुरले गलेश्वरलाई ६७–३३ ले पाखा लगायो । मर्दीखोल मरुन र नागीबिचको खेल वर्षाका कारण हुन नसकेको उनले जानकारी दिए ।

फागुन २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पुरुष, महिला र भेट्रान्स गरी ३ विधामा सञ्चालन भइरहेको संयोजक रनसिंह गर्बुजाले जानकारी दिए । जसअन्तर्गत भेट्रान्सतर्फ ६, पुरुषतर्फ १९ र महिलातर्फ ७ टिमको सहभागिता रहेको उनले बताए ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए । द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

भेट्रान्सतर्फ प्रथमले ३५ हजार र द्वितियले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पुर्जाले जानकारी दिए । महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले सुनाए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ