कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ८ वीरेठाँटीमा एकीकृत पर्यटन सूचना केन्द्र उद्घाटन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले आज एक समारोहकाबीच केन्द्रको उद्घाटन गरेका हुन् । गत फागुन १८ मा बसेको गाउँ कार्यपालिका बैठकले एकीकृत पर्यटन सूचना केन्द्र संचालन तथा व्यवस्थापन कार्यविधि २०८० पारित गरेको थियो।
विश्वकै उत्कृष्ट अन्नपूर्ण पदयात्रा मार्गको उत्कृष्टतालाई कायम राख्दै गाउँपालिकाको प्राकृतिक सम्पदा र परम्परागत कला तथा सांस्कृतिक सम्पन्नतालाई विश्व पर्यटक समक्ष प्रचार, प्रसार र प्रवर्द्धन गरी पर्यटन क्षेत्रको विकासमा नवीनता थप्न तथा एकीकृत पर्यटन व्यवसायलाई सुरक्षित,भरपर्दो र विश्वसनीय बनाउँदै पर्यटनको माध्यम बाट गाउँपालिकामा रोजगारीको अवसर सृजना गर्न एकीकृत पर्यटन सुचना केन्द्रको स्थापना र व्यवस्थापन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
अन्नपूर्ण गाउँपालिकाको गौरवको आयोजनाको रुपमा यो परियोजना पर्यटन मैत्री, प्रविधि मैत्री नमूना अन्नपूर्ण गाउँपालिका परियोजना अन्तर्गत संचालन गरिएको प्रवक्ता भरतमान गुरुङले जानकारी दिए ।

उनका अनुसार यस एकीकृत पर्यटन सुचना केन्द्रमा सोधपुछ/सहायता कक्ष, सेवा प्रवाह कक्ष, पर्यटन लाइब्रेरी, संग्रहालय तथा हस्तकला एवं आन्तरिक उत्पादन प्रदर्शन तथा बिक्री कक्षको व्यवस्था गरिने छ।
साथैm यस सूचना केन्द्रबाट सोधपुछ सहायता, गाउँपालिकाको पर्यटकीय, ऐतिहासिक, धार्मिक, स्थलको जानकारी, पदमार्ग रुट सम्बन्धित जानकारी, मौसम सम्बन्धित जानकारी, ट्रेकिङ गाइड सम्बन्धित जानकारी, संरक्षण क्षेत्र भित्र पालना गर्नुपर्ने नियम सम्बन्धित जनकारी, इमेल ईन्टरनेटमा पहुँच, जैविक विविधता, हिमाली क्षेत्र र सँस्कृतिको अध्ययन अनुसन्धान, जलवायु परिवर्तन सम्बन्धी खोज अनुसन्धान, पर्यटन र प्रविधिको संयोजन सम्बन्धी जानकारी एवं खोज, समुदाय परिचालन सम्बन्धि नमूना, अकस्मिक उद्धार एवं आकस्मिक उपचारको लागि समन्वय, हराएका सामानको सम्पर्क लगायतका सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।
जसका लागि पालिकाले चिप मुलक तालीम मार्फत लाइसेन्स प्राप्त ३५ जना ट्रेकिङ गाइडहरु समेत तयार पारिसकेको छ भने पर्यटनसँग सम्बन्धित अन्य गतिविधि समेत संचालन भईरहेका छन्।
सूचना केन्द्रलाई समयानुकुल प्रविधिमैत्री बनाउँदै लैजाने गरी गाउँपालिका भित्रका पर्यटकीय, ऐतिहासिक, धार्मिक क्षेत्र, पर्यटन पदमार्ग, महत्वपूर्ण स्थानको जानकारी, ३६० डिग्री भ्यु, भर्चुअल टुर, फोटो, भिडियो, गाउँपालिकाका क्षेत्र भित्र गर्न सकिने क्रियाकलाप, होटल तथा होम स्टे विवरण सहितको पर्यटन पोर्टल एवम् मोवाइल एप्लिकेसन समेत संचालनमा ल्याइएको छ।

यसलाई नियमित अद्यावधिक गर्दै लगिने जनाएको छ । पर्यटक तथा स्थानीयले बिभिन्न फोटो भिडियो यसै पोर्टल मार्फत योगदान समेत गर्न सक्नेछन । यसलाई पर्यटक सूचना व्यवस्थापन प्रणाली (टीम्स) संग समेत आबद्ध गरिन प्रवक्ता गुरुङले जनाए ।
समग्र पर्यटन क्षेत्रको विकासको लागि सूचना केन्द्र मार्फत ट्रेकिङ गाइड, होटल व्यवस्थापन तालिम हस्तकला सामाग्री उत्पादन लगायतका विभिन्न सिप मुलक तालिम प्रदान गरिनेछ भने सूचना केन्द्रलाई जैविक विविधता, हिमाली क्षेत्र र संस्कृतिको अध्ययन अनुसन्धान, जलवायु परिवर्तन सम्बन्धी खोज अनुसन्धानको हबको रुपमा समेत बिकास गर्दै लैजाने लक्ष्य लिइएको छ।
विभिन्न गतिविधि संचालन गर्नका लागि प्रदेश तथा संघीय पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना, जल जंगल परियोजना, समुदाय, पर्यटन ब्यबसायी लगायत अन्य सरोकारवालासंग आवश्यक समन्वय र सहकार्य गरिने गाउँपालिकाले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते