पोखरा । कास्कीमा स्वरुप परिवर्तन गरी मोटरसाइकल चलाउन निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार एक सूचना जारी गरी स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाए कारबाही गरिने जनाएको हो ।
‘स्वरुप परिवर्तन गरी सवारी साधन चलाउँदा दुर्घटना हुने, चर्को आवाजले ध्वनी प्रदुषण हुने, बिरामी, बृद्धबृद्धा, बालबालिका, विद्यार्थीहरु तथा संवेदनशील क्षेत्र (स्कूल तथा अस्पताल) मा प्रत्यक्ष असर गर्ने गर्दछ,’ प्रहरीले सूचनामा भनेको छ ।
अटेरी गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कडा कारवाही हुने व्यहोरासमेत कास्की प्रहरीले सूचनामा मार्फत सचेत गराएको छ । ‘स्वीकृति नलिई सवारी साधनको साईलेन्सर, सिट, रंग, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, ईन्जिन, च्यासिसमा परिवर्तन गर्ने वा ध्वनी हुने खालका पार्टपुर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कडा कारवाही हुने व्यहोरा सबैमा सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ ।
यस्तै, मोटरसाइकलको स्वरुप फेर्ने सवारी धनीसँगै उनीहरुलाई सघाउने ग्यारेज वर्कसप सञ्चालकलाई समेत नियन्त्रणमा लिई कानून बमोजिम कारवाही हुने जनएको छ ।
कास्की प्रहरीले गत भदौ २५ गतेदेखि स्वरुप फेरिएका मोटरसाइकल नियन्त्रण लिने अभियान चलाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार हालसम्म ६ सय ८१ वटा स्वरुप फेरेर चर्को ध्वनी प्रदुषण गर्ने मोटरसाइकल र मोटरसाइकलको स्वरुप परिवर्तन गर्न सघाउने पोखराका ८ वटा वर्कसपलाई कारवाही गरिसकेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते