रविलाई प्रधानमन्त्री अफर गरेको छैन, गृह पाउन अफवाह फैलाए: कांग्रेस

राजनीति

रविलाई प्रधानमन्त्री अफर गरेको छैन, गृह पाउन अफवाह फैलाए: कांग्रेस

Rabi_lamichhane smile

नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको भन्दै खण्डन गरेको छ ।

सोमबार साँझ सकिएको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि कुराकानी गर्दै पार्टीका नेताहरूले लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव नगरिएको बताए।

‘गठबन्धन बैठकमा गृह मन्त्रालय कसले लिने भन्नेमा सहमति नभएका खबर आएका छन्। त्यसैले उनीहरूले नै कांग्रेसले प्रधानमन्त्री अफर गरेको छ भनेर मनगढन्ते प्रचार गरेको हुनुपर्छ, कांग्रेसले लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेको छैन,’ एक नेताले भने ।

अर्का पदाधिकारीले पनि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव नगरिएको बताए।

‘सरकारमै सामेल भएर मन्त्रीसमेत बनाइसकेको पार्टी सभापतिलाई कसैले प्रधानमन्त्री अफर गर्छ? फेरि कहाँबाट बहुमत जुटाइदिने हो हामीले? यो त अफवाह मात्रै हो,’ ती पदाधिकारीले भने, ‘लामिछानेले नयाँ गठबन्धनमा गृहको दाबी गरिएको र अहिलेसम्म नपाएको सुनिँदै आइएको छ। यही दाबी बलियो बनाउन अफवाह फैलाएका हुन सक्छन्।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ