काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको अफर आएको बताएको छ । उक्त अफरलाई आफूहरुले भने अस्वीकार गरेको रास्वपाको दाबी छ ।
यसबारेमा नेपाल भ्युजसँग कुरा गर्दे रास्वपाका प्रवक्त मुकुल ढकालले भने,”अफर आएको हो । तर, वर्तमान गठबन्धन छाडेर कहीँ लाग्दैन रास्वपा । यो मिडिया ट्रायल पनि हुनसक्छ । अहिले गठबन्धनमा ८ बुँदे सहमति भइसकेको छ ।”
गृह मन्त्रालय नछाड्ने दाबी रास्वपाको रहेको छ । रास्वपाले गृहमन्त्रालय सहित ४ मन्त्रालय दाबी गरेको छ । गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने रास्वपाको अडान रहेको छ ।
मन्त्रालय बाँडफाँटका लागि नयाँ बनेको सत्ता गठबन्धनले एमालेबाट महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ सहितको कार्यदल गठन गरेको छ ।
गृहमा अन्य दलको पनि दाबी रहेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई मनाउने जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो