काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली माधवकुमार नेपालको निवासमा पुगेका छन् ।
नयाँ गठबन्धन गरी पुष्पकमल दाहाल प्रचण्डको सरकार पुनर्गठन भएसँगै एमाले अध्यक्ष ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पुगेका हुन् ।
नेकपा विभाजन भए देखि ओली नेपाल निवास पुगेका थिएनन् ।
सोमवार मात्रै फेरिएको सत्ता गठबन्धनमा आफू छुटेपछि असन्तुष्ट बनेका नेपाललाई फकाउन लगातार दोस्रो दिन पनि प्रचण्ड नेपाल निवासमा पुगेका हुन् । मंगलवार उनलाई एमाले अध्यक्ष ओलीले पनि साथ दिएका छन् ।
नयाँ गठबन्धनमा सामेल हुनका लागि ओलीले नेपाललाई आग्रह गरेका छन् ।
प्रचण्डले सोमवार पनि नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तर नेपालले गठबन्धन टुटाउनेदेखि नयाँ बनाउनेसम्मको प्रक्रियामा सहभागी नगराएको भन्दै असन्तुष्टि पोखेका थिए । अघिल्लो दिन प्रचण्ड जानुपूर्व एमाले अध्यक्ष ओलीले पनि नेपाललाई फोन गरेर मिलेर जान प्रस्ताव गरेका थिए ।
तर नेपालले आफूलाई उपेक्षा गरेको असन्तुष्टि जनाएपछि प्रचण्ड दोस्रो दिन पनि भेट्न ओलीसहित पुगेका हुन् । बालुवाटारमा चलिरहेको सत्ता गठबन्धन बैठकको बीचमै प्रचण्ड र ओली नेपाल निवास पुगेका हुन् ।
मंगलवार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल नेपाल निवास पुगेका छन् ।
एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल, महासचिव घनश्याम भुसालसहितका नेता सहभागी छन् ।
प्रतिनिधिसभामा एकीकृत समाजवादीसँग १० सिट छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो