पसगाउँ हेर्नुहोस् १२ तस्वीरमा

पर्यटकीय गाउँ

पसगाउँ हेर्नुहोस् १२ तस्वीरमा

गुरुङ संस्कृतिमा धनी

pasgaun (1)

लमजुङ क्व्होलासोथर गाउँपालिका– ६ स्थित परम्परागत ढुङ्गाको छानो भएको पर्यटकीय पसगाउँ । यहाँ संरक्षण गरेर राखिएको घरको ढुङ्गाको छानोमा पर्यटकहरु आकर्षित हुने गरेका छन् । तस्वीरः राजकिरण छत्कुली/गण्डकन्यूज

लमजुङ क्व्होलासोथर गाउँपालिका– ६ स्थित पर्यटकीय पसगाउँ । परम्परागत ढुङ्गाको छानोले मनमोहक गाउँ हो ।

यहाँ संरक्षण गरेर राखिएको घरको ढुङ्गाको छानोमा पर्यटकहरु आकर्षित हुने गरेका छन् ।

थाप्लोमै छ क्होंम्रेडाँडा । जहाँबाट अन्नपूर्ण हिमशृंखला आँखैमा ठोक्किन आइपुग्छ। यहाँबाट लमजुङ र कास्कीका थुप्रै गाउँ, डाँडाकाँडा र फाँटहरु देखिन्छन्।

सर्लक्क परेका छपनी छापिएको बाटो र परम्परागत ढुंगाकै छाना हालिएका घर भएको पसगाउँ गुरुङ संस्कृतिमा धनी छ। पोखराबाट आधा दिनको मोटरयात्रामा पुगिने यो गाउँका घरमै पेइङ गेस्ट बनेर पाहुना लाग्न पाइने सुविधा पनि छ।

पसगाउँले यतिबेला पर्यटक डाकिरहेको छ। आफ्नो गाउँका कला, संस्कृति र स्थानीय खानपानको स्वाद चखाउन पर्यटक डाक्दै गाउँमा वर्षेनी महोत्सव पनि हुने गरेको छ ।

महोत्सवमा घाँटुनाचसहितका गुरुङ संस्कृति देखाइन्छ । क्व्होलासोंथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार गाउँमा घाँटुका अलावा कृष्णचरित्र, सारंगीनाच, सोरठीसहितका कला संस्कृति जीवित छ ।

२ सय ५० घरधुरी रहेको गाउँमा दुई दर्जन घरमा होम स्टे सुविधा छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds