प्रचण्ड एमालेसँग मिलेपछि देउवाले भने: धोकेबाज रहेछन्

प्रचण्ड एमालेसँग मिलेपछि देउवाले भने: धोकेबाज रहेछन्

Sher-Bahadur-Deuba-Angry-2

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले गठबन्धनलाई बलियो बनाउन आफू हरसम्भव प्रयास गरेको बताएका छन् ।

पदाधिकारी बैठकमा देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटकपटक भेट्न प्रस्ताव गर्दा समेत गठबन्धन तलमाथि होला कि भनेर आफूले टार्दै आएको आएको भन्दै उनले भने, ‘यसले (प्रचण्डले) धोका दियो ।’

प्रधानमन्त्री प्रचण्डले अहिले गरेका तर्कहरु बहाना मात्र भएको भन्दै उनले भने, ‘अहिले नभए २/४ महिनापछि पनि धोका नै दिने रहेछ । धोकेबाज रहेछ ।’

बैठकमा मन्त्रीहरुको राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल भएको थियो । तर, प्रधानमन्त्रीले गठबन्धनको औपचारिक बैठक पनि नराखेको र मन्त्रीहरुको राजीनामा पनि नमागेकाले यसबारे हतारमा निर्णय नगर्ने सहमति भएको एक नेताले बताए ।

‘चुनाव अगाडि भएको गठबन्धनप्रति हामी अहिले पनि प्रतिबद्ध छौं । १० पुस २०७९ मा भत्किंदा पनि हामीले जोडेका थियौं’ ती नेता भन्छन्, ‘प्रधानमन्त्री आफैं अर्को बाटो हिंड्नुभएकाले उहाँलाई नै यो कोर्स पूरा गर्न दिउँ भन्ने भएको छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds