पोखरा । गत फागुन १८ गते विद्यालयबाट घर फर्किनेक्रममा सेतीमा हामफालेका सुगम बास्तोलाको हालसम्म अवस्था थाहा हुन सकेको छैन ।
पोखरा महानगरपालिका वडा नं. ११ का १६ वर्षका सुगम फागुन १८ गते साँझ ५ बजेतिर सेती नदीमा हामफालेकोमा हालसम्म नभेटिएको प्रहरीले जनाएको छ ।
नदीपुरस्थित सेती नदी माथिको पुरानो पुलबाट हामफालेर वेपत्ता सुगमको खोजीका लागि आफन्तको आग्रह बमोजिम सेती बाँध खोलेर खोजी गर्न लागिएको छ ।
सुगम पोखराको नदीपुरस्थित बाल मन्दिरमा कक्षा १० मा अध्ययनरत थिए । स्रोतका अनुसार उनकी आमाको २ वर्ष अघि नै क्यान्सरका कारण निधन भइसकेको छ । उनका बुबा र एक बहिनी छन् ।
एसईईका लागि तयारीमा रहेका सुगम सहितको साथीको सो दिन विद्यालयमा बिदाई कार्यक्रम थियो । उनले केटी साथीहरुसँग आज त म मर्ने दिन हो भनेर हिँडेका थिए । पर्स र मोबाइल झिकेर फाल्दै बाईबाई गरेर पुलतिर गएको साथीहरुले बताएका छन् ।
उनले पुल नजिकै पुगेर एक महिलासँग ‘यहाँबाट हाम्फाल्दा मरिन्छ कि मरिँदैन अण्टी ?’ भनेर सोधेछन् । ति महिलाले ‘यहाँबाट हाम्फालेको त कोहि बाँचेका छैनन्’ भनेपछि पुलमा गएर ढुंगा हानेर एकछिनपछि पुलबाट हाम्फालेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सुगम हाम्फालेको सीसी टिभी फुटेजमा देखिएको छ । खोजी कार्यमा जुटेका प्रहरीका अनुसार भित्तामा रगत देखिएको छ ।
कास्की प्रहरीले भोलि मंगलबार सेती नदी बाँध खोल्ने भन्दै सूचित गरेको छ । नदीमा पानीका बहाव बढाएर वेपत्ताको खोजी गर्न लागिएको छ । मंगलबार बिहान १० देखि दिउँसाे २ बजेसम्म बाँध खोलिने हुँदा सेती नदी आसपास नजान र सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते