माओवादी केन्द्रबाट वर्षमान पुन मन्त्री बन्ने

माओवादी केन्द्रबाट वर्षमान पुन मन्त्री बन्ने

जसपाबाट अध्यक्ष उपेन्द्र यादव र रास्वपाबाट सभापति रवि लामिछाने आफैं सरकारमा जाने तयारी

sf7df8f}F, ( c;f/ -/f;;_ M k|ltlglw;efsf] ;f]daf/sf] a}7sdf ljlg

नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन मन्त्री बन्ने भएका छन्।

कांग्रेस सहितको सत्ता गठबन्धन भत्किएसँगै नयाँ बन्ने मन्त्रिपरिषदमा वर्षमान पुनलाई पठाउने निर्णय भएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

अहिले वर्षमान पुनलाई मन्त्रिपरिषदमा पठाउने र अरूको बारेमा पछि छलफल हुनेछ,’ पौडेलले भने। उनको मन्त्रालय भने टुंगिनसेकेको पौडेलले जानकारी दिए।

कांग्रेसहितको सत्ता गठबन्धनबाट अलग भएर एमालेसँग नयाँ गठबन्धन बनाउने निर्णय भएसँगै प्रधानमन्त्री प्रचण्डले सरकारबाट सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने पनि निर्णय भएको माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

एमालेले पदम गिरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको छ ।

नयाँ बन्ने मन्त्रीपरिषदमा रास्वपा र जसपाबाट एक/एक जना मन्त्री जाने तय भएपनि को जाने भन्ने बारेमा टुंगो लागिसकेको छैन।

यद्यपि बालुवाटार स्रोतले दिएको जानकारी अनुसार जसपाबाट अध्यक्ष उपेन्द्र यादव र रास्वपाबाट सभापति रवि लामिछाने आफैं सरकारमा जाने तयारी गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ