पाकिस्तानको कराँची सहरमा एक शिक्षकले आफ्नै विद्यार्थीमाथि एसिड प्रहार गरेका छन् ।
सो घटनामा विद्यार्थी गम्भिर जलेका छन् र उनलाई अस्पताल भर्ना गरिएको छ । आरोपित शिक्षक भने पक्राउ परेका छन् ।
प्रहरीका अनुसार कक्षामा केही विषयलाई लिएर शिक्षक र छात्राबीच झगडा भएको थियो । यसबाट शिक्षक निकै रिसाएर बदला लिने नियतले एसिड प्रहार गरे थिए ।
घटना शनिबार भएको र आइतबार प्रहरीले यसबारे जानकारी गराएको थियो । कराँचीको पोश क्षेत्र निपा चौरङ्गीमा एउटा विद्यालय छ, अलिशा नामकी ती विद्यार्थी त्यहाँ पढ्छिन् । शनिबार कक्षामा शिक्षक इफ्तिखारसँग उनको झगडा भएको थियो ।
स्कुल सकिएपछि अलिशाका दुई मामा उनलाई लिन स्कुल आए । इफ्तिखार विद्यालयबाहिर एक ठाउँमा एसिड प्रहार गरी उभिएका थिए । उनले पहिले अलिशासँग झगडा गरेपछि उनीमाथि एसिड हाने । अलिशाका मामाले उनलाई रोक्न खोजे तर उनीहरू शिक्षकले हानेको एसिडबाट जल्न पुगे ।
घटना लगत्तै आरोपी इफ्तिखार पक्राउ परेका थिए । अलीशा हाल कराँचीको एक अस्पतालमा भर्ना छिन् । उनका काका नोमान र फैजान डिस्चार्ज भएका छन् । अलिशाका मामा नोमानले शिक्षक इफ्तिखार विरुद्ध उजुरी दिएका छन्।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो