पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले अन्तर प्रदेश राष्ट्रिय खेलकुदकोे तयारी सुरु गरेको छ ।
प्रदेश खेलकुद विकास परिषद बागमतीको आयोजना हुने उक्त प्रतियोगिताको लागि परिषदले विभिन्न खेलका प्रदेश संघका अध्यक्षहरु संग बैठक बसी तयारी सुरु गरेको हो । प्रतियोगिता अन्तर्गत ९ खेल समावेश भए पनि तयारी बैठकमा गण्डकी प्रदेश भलिबल संघ अनुपस्थित रहेको परिषदले जनाएको छ ।
बागमती प्रदेशस्तरीय प्रतियोगिता यहि चैत्र २ गतेबाट औपचारिक रुपमा सुरु हुने भए पनि केही खेलहरु त्यस अगावै सञ्चालन हुने सदस्य सचिव श्रीधर शर्माले जानकारी दिएका छन् । प्रतियोगिता अन्तर्गत महिलारपुरुष फुटबल, क्रिकेट, भलिबल, बक्सिङ, व्याडमिन्टन, एथलेटिक्स, कराँते, तेक्वान्दो, भलिबल, पौडीखेलहरु सञ्चालन हुनेछन् ।
सम्पन्न बैठकले महिला फुटबलको २१ देखि चैत्र १ गते सम्म नवलपुरमा प्रशिक्षण हुने छ भने पुरुष फुटबल, तेक्वान्दो, एथलेटिक्स, पौडी, ब्याडमिन्टनको छनौट खेलहहरु यहि फागुन २६ र २७ गते पोखरामा तथा कराँतेको सोही मितिमा पर्वतमा छनौट खेल आयोजना गर्ने गरी निर्णय गरेको छ । त्यसै गरी महिला क्रिकेट छनौट फागुन २६ देखि २८ गते सम्म पोखरामा हुनेछ भने बक्सिङको छनौट खेल २३ र २४ गते पोखरामा हुने भएको छ ।
यसै गरी ति खेलका बन्द प्रशिक्षणका लागि विभिन्न स्थान समेत तोकिएको परिषदले जनाएको छ । जस अनुसार तेक्वान्दो, कराँतेको बन्द प्रशिक्षण नवलपुरमा हुनेछ भने फुटबल, बक्सिङ, क्रिकेट, पौडी, र भलिबलको बन्द प्रशिक्षण पोखरामा सञ्चालन हुने भएका छन् ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्य ऋषीराम गौतम, परिषदका सदस्य गिरमान गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल लगायत विभिन्न ८ खेलका अध्यक्षहरुको समेतको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो