म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले फागुन १६ देखि हुक्का प्रयोगमा प्रतिबन्ध लगाएकोमा १७ गतेदेखि चिया पसल तथा डेरीहरूमा चुरोट तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणलाई रोक्न आग्रह गरेको छ ।
नगरपालिकाले फागुन १७ गते सूचना जारी गर्दै चिया पसल तथा डेरीहरूले सुर्ती जन्य पदार्थ तथा चुरोट बिक्री नगर्न आग्रह गर्दै बिक्रीमा राखिएको खण्डमा सुर्तीजन्य पदार्थको जफत गर्ने चेतावनी दिएको छ ।
बेनी नगरपालिकाले गत माघ २५ गतेको नगर कार्यपालिकाको बैठकबाट सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूम्रपान गर्ने बस्तु तमाखु (हुक्का) लाई प्रतिबन्ध गर्नका लागि नीतिगत निर्णय गरेको जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को परिच्छेद–३ को गाउँपालिका तथा नगरपालिकाको काम कर्तव्य र अधिकारमध्ये दफा ११ को उपदफा २ खण्ड(ञ) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता एवम् खण्ड (झ) आधारभूत र सरसफाइ अन्तरगत रही निर्णय गरेको बेनी नगरपालिकाले सूचनामार्फत जनाएको छ । स्थानीय वातावरण र मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकाले फागुन १६ देखि पूर्ण निषेध गर्ने कार्यपालिकाबाट निर्णय भएको जनाएको छ ।
नगरपालिकाले डेरीमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको भेटिएमा कानुन अनुसार अधिकतम हुनेगरी कारबाही गरिने जनाएको छ ।

सम्बन्धित खबर
म्याग्दीमा बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर किशोरीको मृत्यु
म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु
पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता
म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता