पोखरा । पोखराको जिरो किमी स्थित एक होटलबाट जुवातास खेलिरहेका अवस्थामा ९ जना पक्राउ परेका छन्।
बिहीबार साँझ साढे ६ बजेतिर पोखरा महानगरपालिका –५ जिरो किमी स्थित धौलागिरी आगमन होटल एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा ३ बुक तास र नगद ९३ हजार ८१० रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा पोखरा –५ प्रस्याङ बस्ने वर्ष ५१ को काजिमान बल, पोखरा –५ मालेपाटन बस्ने वर्ष २३ को अन्तिम भन्ने अस्मिन गुरुङ, बाग्लुङ गलकोट घर भई पोखरा –५ जिरो किमी बस्ने वर्ष ४१ को मन बहादुर दमै, पोखरा –५ बस्ने वर्ष ३२ को टोप बहादुर श्रीस, पोखरा –५ जिरो किमी बस्ने वर्ष २८ को सुशान्त ठाकुर पोखरा –५ मालेपाटन बस्ने वर्ष ३३ को शितल कार्की, पोखरा –३ बस्ने वर्ष ३५ को बिकास गुरुङ, पोखरा –१८ सराङकोट बस्ने बर्ष ४० को रमेश पराजुली, पोखरा –५ फुलवारी बस्ने वर्ष ३० को कृष्ण बहादुर छन्त्याल रहेका छन्।
उनीहरु विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते