पोखरा महानगरपालिका वडा नं. १२ मा संचालित तिन महिने निःशुल्क मन्टेश्वरी तालिमको समापन भएको छ । दैनिक पाचँ घण्टा संचालन भएको तालिममा पोखरा महानगरपालिका १२ का विभिन्न क्षेत्रका महिलाहरुको सहभागिता रहेको थियो ।
तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सामाजीक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले पछिल्लो समय विश्वजारमा खोजी हुने विषयहरुको बारेमा तालिमका विषयहरुको खोजी र माग रहेको बताए ।
समुदायस्तरमा मन्टेश्वरी तालिमको माग ज्यादै उच्च रहेकाले आगामी पञ्चवर्षीय योजनामा सीपमूलक तालीमलाई जोड दिँदै सिक्दै कमाउँदै कार्यक्रमहरु समावेश गरेको बताए ।
व्यवसायिक तथा सीप विकास तालिम केन्द्र पोखराले संचालन गरेको तालिमा २४ बढी महिलाहरुको सहभागिता रहेको थियो ।
समापन कार्यक्रमका विशिष्ट अतिथि पोखरा १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले सिकाइलाई प्रभावकारी बनाउन अनुरोध गरेका थिए । उनले विद्यार्थीलाई घोकन्ते विद्या भन्दा पनि व्यवहारिक रुपमा सिकाउन सके मात्र उपलब्धिमूलक हुने बताए ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थी प्रशंसा गुरुङले तालिमको प्रयोग गरेर साना साना बालबालिकाहरुलाई सिकाउने शिक्षण विधिले आफ्नो क्षमता वृद्धि भएको बताइन् ।
तालिममा सहभागी ६ जनाले रोजगारी समेत पाएको तालिम प्रशिक्षक सिता अधिकारी वाग्लेले जानकारी दिइन् ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने