गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ को आयोजना तथा नेपाल रेडक्रस सेसाइटी पोखरा १५ उपशाखा कास्कीको व्यवस्थापनमा वडा अन्तर्गतका विद्यालय स्तरीय उपचार सेवा तालिम सम्पन्न भएको छ ।
तालिममा पोखरा १५ स्थित सामुदायिक तथा निजी गरी १४ विद्यालयका छात्र र छात्रा गरी २८ जना सहभागी रहे । प्रशिक्षकहरु गणेश भण्डारी र सूर्य तिमिल्सिनाले सहजीकरण गरेका छन् ।
तालिमको शुभारम्भ गर्दै प्रमुख अतिथि पोखरा वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले अब पूर्वाधार निर्माण तथा भौतिक संरचना निर्माणले मात्र विकास भएको नमानिने, उच्च अध्ययनले मात्र विद्वान नमानिने र सुविधायुक्त जीवनयापनले मात्र सम्पन्न नमानिने भन्दै मानवीय विकास, सामाजिक सेवा भावनाले मात्र ईज्जतिलो जीवन र मानव हुनुको अर्थ रहने बताए ।
यसका लागि विद्यालय तहदेखि नै बालबालिकालाई मानवीय भावनाको विकास, सामाजिक सेवाले ओतप्रोत बनाउँदै लैजानुपर्ने र यसका लागि रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
विद्यालयमा भैपरी रुपमा हुन सक्ने घटना, समाजमा आकस्मिक रुपमा हुने दुर्घटनामा घटनास्थलमै पुगी प्राथमिक उपचार गर्नुपर्ने हुँदा यसका लागि तयार रहनुपर्ने आवश्यकता बोध गरी प्राथमिक सेवा उपचार सम्बन्धी तालिम आयोजना गरेको उनले बताए ।
नेपाल रेडक्रस सोसाइटी, पोखरा वडा नं. १५ उपशाखा सभापति कमल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रेक्रस कास्कीका जुनियर युवा संयोजक रमेश भण्डारी, उपशाखा सचिव शिव भण्डारी, कार्यक्रम संयोजक तथा उपशाखा उपसचिव शर्मिला पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा वडा सचिव कृष्णप्रसाद गौतम, सिद्ध माविकी सहायक प्रधानाध्यापक जुना थापा लगायत उपस्थित थिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने