पोखरा महानगरपालिका वडा नं. १२ ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने महान उद्देश्यका साथ शुक्रबार रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यालय परिसरमा गरिएको कार्यक्रममा ५३ युनिट रगत संकलन भएको छ । वडा कार्यालय र लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको आयोजना तथा रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम राखिएको लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष दामोदर आचार्यले बताए ।
कार्यक्रममा विभिन्न ठाउँबाट आएका मानिसहरूले रक्तदान गरेका थिए । रगतकै अभावले कोही पनि नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था नआओस् भन्ने उद्धेश्यले रक्तदान कार्यक्रम गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।
‘रगतको अभाव नहोस् र रक्तदान जीवनदान हो भन्ने भावनाको बिकास होस् भन्ने उदेश्यका साथ कार्यक्रम गरिएको हो’ उनले भने । पछिल्लो समय वडा कार्यालयले विकास निर्माणका कामसँगै सामाजिक कार्यक्रमहरु पनि गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते