म्याग्दीमा भलिबल खेलको विकास गर्न यूकेबाट साढे ४३ लाख सहयोग

खेलकुद

म्याग्दीमा भलिबल खेलको विकास गर्न यूकेबाट साढे ४३ लाख सहयोग

१ करोडको अक्षयकोषको लक्ष्य

vollyball-sang-myagdi-1_edited-scaled

म्याग्दी । युवापुस्तालाई भलिबलमा आकर्षित गर्न तथा प्रतिभाशाली खेलाडी उत्पादनमा सक्रिय जिल्ला भलिबल संघ म्याग्दीले स्थापना गरेको भलिबल कोषमा यूकेमा रहेका म्याग्देलीको साझा संस्था मोना यूकेले ४३ लाख ६१ हजार ३९९ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बुधबार सदरमुकाम बेनीमा आयोजित एक समारोहमा मोना यूकेका अध्यक्ष कुमार फगामी, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले म्याग्दी भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँलाई उक्त सहयोग हस्तान्तरण गरे ।

सोही अवसरमा मोना कुवेतबाट ५० हजार, भलिबल संघ कार्यसमितिको १ लाख २० हजार, मोना अन्तराष्ट्रियका अध्यक्ष ददिवल खड्काबाट १ लाख, प्रकाश कार्की यूएईबाट २० हजारसहयोग प्राप्त भएको छ ।

१ करोडको अक्षयकोषको लक्ष्य रहेकोमा हालसम्म ४६ लाख ५१ हजार ३९९ जम्मा भएको छ । सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य गर्बुजाले भलिबल खेललाई चलायमान बनाउन कोषले सहज हुने बताए ।

उनले जिल्लामा विद्यालयस्तरबाटै भलिबल खेलको प्रतिभा पहिचान गरी उचित प्रशिक्षणको सुविधा दिनुपर्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ