पोखरा । घरबाट हराएको २१ औं दिनमा सेती नदी किनारमा पोखरा–३० का तेजराज ओझा मृत फेला परेका छन् । सेती नदी किनार (गगनगौंडा तल )मा उनको शव सडेको अवस्थामा फेला परेको हो ।
माघ २५ गते घरबाट ‘मर्निङ वाक’मा निस्किएका ओझा नफर्केपछि परिवारले खोजीका लागि प्रहरीलाई समेत आग्रह गरेको थियो । पोखरा र आसपासका सहरमासमेत खोजी गर्दा पनि नभेटिएका ओझा सेतीमा फेला परेको र बिहीबारै अन्ति दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार सेतीको बाँध खोल्नु अगाडि नै ओझाको शव फेला परेको कास्की प्रहरी कार्यालयका प्रहरी निरीक्षण सूर्य रानाले जानकारी दिए । ओझाको मृत्युको कारणबारे अझै खुल्न नसकेको प्रहरीको भनाइ छ । गाउँपालिकाबाट पोखरा–३० मा बसाइँ सरेका ओझा लामो समयमा भारतमा नोकरी गरेर फर्केका थिए । ओझाका २ छोरी छन् ।
परिवारका सदस्यले पनि उनी किन त्यसरी हराए र मृत्युसम्म पुगे भन्ने पत्ता लगाउन नसकेको आफन्तसमेत रहेका वडानम्बर २ अध्यक्ष राजन सुवेदीले जानकारी दिए ।
ओझालाई सुगर, प्रेसर पनि भएको र औषधि पनि नलगी गएकोले शंका लागेर उनकी छोरी स्मृति ओझाले अमेरिकादेखि खोजीका लागि अपिल गरेकी थिइन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने